कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले उत्कृष्ट तालिमकर्तालाई पुरस्कार प्रदान गरेको छ । भीमदत्त नगरपालिकाले विभिन्न आर्थिक बर्षहरुमा बेरोजगार युवाहरुलाई विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आएको थियो । उत्कृष्ट तालिमकर्ताहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

उपप्रमुख निलम लेखकले एसीफ्रिज मर्मत तालिमकर्ता दिपेश अधिकारी, कमल राना, अभिषेक विष्टलाई पुरस्कार दिएकी छिन । मोटरवाईण्डिङ्ग सुरज धामी, भोजराज जोशी, दामोदर जोशीलाई पुरस्कार प्रदान गरिएको छ । बरिष्ठ ईन्जिनियर हिमालय सिह ऐरीले तालिमबाट युवाहरुलाई स्वदेशमै रोजगारी प्रदान गरिएको बताए ।











