सशस्त्र प्रहरीले समात्यो ठुलो परिमाणमा तरभुजाको बिउ


कञ्चनपुर: सशस्त्र प्रहरीले कञ्चनपुरको महाकाली चार लेन पुल क्षेत्रबाट दुईसय क्विन्टल तरभुजाको बिउ बरामत गरेको छ । शुक्रबार बिहान सशस्त्र प्रहरीको टोलीले दुईसय क्विन्टल तरभुजाको बिउ बरामत गरेको हो । सशस्त्र प्रहरी बल भूमीराज गुल्मका गुल्मपती डिएसपी नरेन्द्र बहादुर विष्टले ना ८ख १९९४नम्बरको ट्रकबाट बरामद गरिएको बताए । बरामद गरिएको गरिएको तरभुजा भन्सार चलान गरिएको छ ।

भन्सार अधिकृत चक्र्रदेव भट्टले प्रहरीले बरामद गरेर ल्याएको उक्त तरभुजाको बिउ कानुन अनुरुप छ वा छैन भन्ने विषयमा अनुन्धान गरिने जनाएको छ । मालबहाक धनीले आफुले कानुन अनुरुप तरभुजाको बिउ ल्याएको भन्दै भन्सार पुगेका थिए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले उक्त समान बिलबिजक सहित भएकाले भन्सारले पुष्टी गरेर छाड्ने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img