दोधारा चाँदनीमा तातो हावा ‘लु’ बाट बच्न बिद्यालय स्तरिय सचेतना अभियान


पप्पु गुरुङ्ग, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले गर्मी तथा तातो हावा (लू) बाट बच्न अपनाउनु पर्ने सावधानी र जनचेतनाका लागि विद्यालय स्तरमा सचेनामुलक कार्यक्रम सञ्चालन गरेको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेका ४ वटा बिद्यालयमा सञ्चालन गर्ने योजना अनुसार दोधारा चाँदनी नगरपालिकाको जमुना आधारभुत बिद्यालय र शारदा सरस्वती माध्यमिक बिद्यालयमा गर्मी तथा तातो हावा (लू) बाट बच्न सचेनामुलक कार्यक्रम सम्पन्न गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) जलवायु उत्थानशील समुदाय (सिआरसी) परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले बताउनुभएको छ् । अत्यधिक गर्मीबाट कसरी जोगिने, कस्ता खानेकुरा खाने, स्वास्थ्य स्याहार कसरी गर्ने, जोखिमका बेला कहाँ सम्पर्क गर्ने लगाएत विषयमा बिद्यार्थीहरुलाई सचेत तथा पर्चा पम्पलेट बितरण गरिएको उहाँले बताउनुभयो ।

जल तथा मौसम बिज्ञानको एक अध्यन अनुसार कञ्चनपुर जिल्लाको सबै भन्दा तातो क्षेत्रमा दोधारा चाँदनी नगरपालिका रहेको हुदा गर्मीको समयमा बिशेष गरि विपन्न समुदायमा पर्ने असरलाई न्युनिकरण गर्न परियोजनाले बिभिन्न खाले कार्यक्रम सञ्चालन गर्दै आएको सिआरसी परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले बताउनुभएको छ् । सचेनामुलक कार्यक्रममा बोल्दै शारदा सरस्वती माध्यमिक बिद्यालयका प्रधानध्यापक कृष्ण बहादुर चन्दले बिद्यालय तथा समुदाय स्तरमा अत्यधिक गर्मीको कारण परेको प्रभावलाई न्युनिकरण गर्न सञ्चालन गरिएको बिद्यालय स्तरिय सचेतनमुलक कार्यक्रम समय सान्द्रभिक रहेको बताउनुभएको छ् ।

टिनको छाना भएका घर, दीर्घ रोगी तथा अन्य स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, असहाय र अपाङ्गता भएका ब्यक्तीहरुलाई लक्षित गरि संस्थाले सञ्चालन गरेको सचेनामुलक कार्यक्रमले जोखिम न्युनिकरण गर्न सहयोग गर्ने आफुले बिश्वास लिएको प्रधानध्यापक चन्दले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सिआरसी परियोजनाले तातो हावाको जोखिम न्युनिकरण गर्नको लागी बृक्षरोपण कार्यक्रम, विद्यालयका छतमा रिफ्लेक्टिभ पेन्ट, शुद्ध तथा चिसो पानीको ब्यवस्था लगाएत बिभिन्न खाले सहयोग गर्दै आएको सिआरसी परियोजनाले जनाएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img