पप्पु गुरुङ्ग, दोधारा । जोगबुडा र महाकाली नदीमा पक्की तटबन्ध निर्माण संगै बाढीबाट प्रभावित हुदै आएको कुतियाकवर सुरक्षित बन्ने भएको छ् । वर्षौं देखि बाढीको समस्या झेल्दै आएको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर बस्ती नजिक महाकाली नदी र जगबुडा नदीमा झण्डै १२ सय मिटर लामो तटबन्ध निर्माण कार्य सम्पन्न हुन थाले संगै बस्तीमा बाढीको त्रास हटेको छ् । पूर्वमा महाकाली र उत्तरमा जोगबुडा नदीको दोसाँधमा रहेको कुतियाकवर बस्ती हरेक वर्ष जोगबुडा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुदै आएको छ् । वर्षायाममा डुबानबाट विस्थापित हुने यहाँका स्थानीयले जोगबुडा र महाकाली नदीमा पक्की तटबन्ध निर्माण कार्य अन्तिम चरणमा पुगे संगै सुरक्षित महसुस गरेका छन् ।

विगतमा यो बस्ती बाढीबाट सबै भन्दा बढी प्रभावित हुदै आएको शिक्षक टंकलाल जोशीले बताउनुभयो । उक्त बस्तीमा नेपाली सेना, नगरपालिका, निड्स नेपाल लगाएत गैरसरकारी संस्थाहरुको सहयोगमा दुई वटा बाढीबाट बच्न सुरक्षित निमार्ण भएको उहाँले बताउनुभयो । विसं २०२२ साल देखि बसोबास रहेको यो बस्तीमा डेढ सय परिवारको बसोबार रहेको थियो । महाकाली र जोगबुडा नदी बस्ती पस्न थालेपछि यहाँबाट १ सय बढी घरपरिवार विस्थापित भएका छन् ।

स्थानियबासी सरिता सुनारका अनुसार जोगबुडा र महाकाली नदीमा तटबन्ध निर्माण हुदै गर्दा कुतियाकवर बस्ती सुरक्षित बन्दै गएको जानकारी दिनुभएको छ् । बस्तीलाई जोगाउन नदीमा पक्की तटबन्ध निमार्ण संगै आफुहरुमा खुशी छाएको सरिता सुनारले बताउनुभयो ।

नेपाल–भारत सिमा क्षेत्रमा रहेको ४२ घरधुरी कुतियाकवर बस्तीलाई जोगाउन संघिय सरकारले जोशी निमार्ण सेवालाई पक्की तटबन्ध निमार्ण कार्यको जिम्मा दिएको हो ।






