सौतेनी आमा हत्या प्रकरण : घाईते भगवतीको उपचारको लागी पालिकाले दियो सहयोग


दोधारा । दोधारा चाँदनी नगपालिकाले धारिलो हतियारबाट गम्भीर घाईते भगवती माँझीको उपचारको लागि आर्थीक सहयोग गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ४ सुर्खेती टोल बस्ने उनका भाई हरि प्रसाद श्रेष्ठले मंगलबार अबेर साँझ धारिलो हतियार प्रहार गरि गम्भीर घाईते बनाएका थिए भने सौतेनी आमा ७५ वर्षीृय बिन्द्रा श्रेष्ठको हत्या गरेका थिए ।

गम्भीर घाईते भगवती माँझीको महाकाली अस्पतालमा उपचार भईरहेको थियो । उपचारमा आर्थीक समस्या देखिए पछी दोधारा चाँदनीका नगरप्रमुख किशोर कुमार लिम्बुको पहलमा दोधारा चाँदनी नगरपालिका कार्यालयकोबाट रु. ५० हजार आर्थीक सहयोग गरेको छन् ।

रकम हस्तान्तरणमा दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य गगन बहादुर सिंहको उपस्थिती रहेको थियो । महाकाली अस्पतालमा उपचार असम्भव र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि माँझीलाई थप उपचारका लागि भारतको भोजिपुरा लगिएको अस्पताल स्रोतले जनाएको छ् ।


ताजा समाचार

spot_img