सामुहिक बलत्कार पछि हत्या गरिएका इनिशाको न्यायको माँग गर्दै दोधारा चाँदनीमा प्रदर्शन


दोधारा । सुर्खेतकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या भएको बिषयलाई लिएर कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिरोध प्रदर्शन भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ को मिलन चौराहबाट सुरु गरिएको बिरोध प्रदर्शन पीडितको न्यायको माँग गरिएको छ् । देशभर महिला माथी बढ्दो हिंसा, बलात्कार र हत्या घटनाको विरोध गर्दै युवा, बिद्यार्थी, अधिकारकर्मीहरुले इनिशा विकको बलात्कार पछि हत्याको दोषीलाई फाँसी दिनु पर्ने माँग अघि सारेका छन् । दोषीलाई कडा कारबाही गर्न र समुदायमा भईरहेका हत्या, हिंसात्मक घटनालाई अन्त्य गर्न नेपाल सरकार समक्ष माँग सहित प्रदर्शन गरिएको महिला अधिकारकर्मी नन्दा खत्री बताउनुभयो ।

समाजमा महिलाहरुको सुरक्षा दिन सरकार असक्षम भएको बताउदै अधिकारकर्मी नन्दा खत्रीले सरकारले महिलाको हितमा जती सुकै कानुन बनाएतापनि व्यवहारमा लागु नभएको कारण इनिशा विक, निर्मला पन्तका हत्यारा अझै कानुनी दायारामा आउन नसकेको बताउनुभयो । कार्यक्रममा अर्का महिला अधिकारकर्मी धनसरा चन्दले बलत्कार पछि हत्या भएकी कञ्चनपुरका निर्मला पन्तको अझै सम्म न्याय नपाएको बताउनुभयो । देशमा कानुननै फितलो भएको कारण अझै सम्मको घटनामा बलत्कार पछि हत्या भएका हाम्रा चेलीबेटीहरुले न्याय नपाएको अक्रोश ब्यक्त गर्नुभयो ।

प्रदर्शनमा सहभागीहरूले इनिसा विकलाई न्याय दिन, दोषीलाई तत्काल कडा कारबाही गर्न तथा भविष्यमा यस्ता जघन्य घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न सरकार संग माग गरिएको सामाजिक अभियन्ता प्रकाश सुनारले बताउनुभयो । प्रदर्शनमा सहभागीहरूले ‘सरकार बदलियो समाज बदलिएन, महिला हिंसा अन्त्य गर, इनिशा विकलाई न्याय दे’ जस्ता नारा सहित न्यायको माँग राखेका थिए । उनीहरुले पीडितको मृत आत्माको शान्तिको कामना समेत गरेका थिए ।

गत फागुन २३ गते घरबाट ट्युसन पढ्न गएकी इनिशा विक गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी र हाल वीरेन्द्र नगर–१ मा बस्दै आएकी सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनको शरीरभरि निलडाम र रगताम्य अवस्था रहेको थियो । अस्पताल पुर्‍याउदा उनलाई मृत घोषणा गरिएको थियो ।


ताजा समाचार

spot_img