रेटिनाले ईन्टरनेशल विद्यालयको १५औँ बार्षिकोत्सव सम्पन्न


कञ्चनपुर: कञ्चनपुरको एक निजी विद्यालयले आफ्नै भवनबाट बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
भीमदत्त नगरपालिका १६ मझगाँउमा रहेको रेटिना ईन्टरनेशनल माध्यामिक विद्यालयले यस बर्षदेखि आफ्नै भवनमा बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । यस अघि विद्यालयले १४औँ बार्षिकोत्सवसम्म भाडाकै भवनमा मनाउँदै आएको थियो । यसै ०८२ शैक्षिक सत्रदेखि नयाँ भवनमा पठन पाठन गरेको रेटिनाले १५औँ बार्षिकोत्सव आफ्नै आधुनिक भवनबाट मनाएको जनाएको छ ।

रेटिना ईन्टरनेशनल माध्यामिक विद्यालयका प्रिन्सिपल तिलक भट्टले १५औँ बार्षिकोत्सव आफ्नै भवनबाट मनाउन सफल भएको बताए । कार्यक्रममा बार्षिक शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल भट्टले पछिल्ला दिनहरुमा विद्यालयले शैक्षिक तहदेखि स्तर बृद्धि गर्दै गएको बताए । प्रिन्सिपल भट्टले ढिलोगरी मावि तहको कक्षा अनुमती पाएको बताउँदै निकट भविष्यमै प्लस टु कक्षा ११, १२मा विज्ञानदेखिका विभिन्न संकायका कक्षा संचालन गरिने योजना रहेको बताए । ‘स्मार्ट विधीबाट हामीले अब पठन पाठन गछौँ, ‘उनले भने, ‘विद्यालयको चौतर्फि बृद्धि विकास हुन्छ ।’

प्रिन्सिपल भट्टले शैक्षिक गुणस्तर कायम राख्ने विषयमा कुनै सम्झौता नहुने भएकाले विद्यालय अग्रमोर्चामा रहेको दावि गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कञ्चनपुर ३बाट नवनिर्वाचित सासद ज्ञानेन्द्र सिह महताले शैक्षिक गुणस्तर बृद्धि गरेर विद्यालयले अघि बढ्नुपर्नेमा जोडदिए । कार्यक्रममा शैक्षिक सत्र ०८१मा विद्यालय टपर छात्रा अभयराज विष्टलाई साईकल पुरस्कार वितरण गरिएको थियो । साथै उत्कृष्ठ विद्यार्थीलाई समेत पुरस्कार सम्मान गरिएको छ ।

विवित साँस्कृतिक एव कला साहित्यका कार्यक्रम गरिएका थिए । नयाँ भवनबाटै बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन पाएपछि विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक हर्षित भएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी, जनप्रतिनिधी सहित सरोकारवालाको उपस्थिति रहेको थियो ।


ताजा समाचार

spot_img