निर्वाचन प्रहरीलाई धन्यवाद दिदै कञ्चनपुरका एसपी खत्रीले भने, ‘तपाईले देशका लागि गरेको योगदान महात्वपूर्ण छ’


कञ्चनपुर : कञ्चनपुरका निर्वाचन प्रहरीको विदाई गरिएको छ । २१फागुनमा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको विदाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्वाचन प्रहरीलाई प्रमाण पत्र दिदै सम्मानजनक विदाई गरेको जनाएको छ । विदाई कार्यक्तममा कञ्चनपुरका प्रहरी प्रमुख (एसपी) खडक बहादुर खत्रीले विषम परिस्थितिमा भएको चुनावमा निर्वाचन प्रहरीले समेत जिल्लामा उच्च अनुशासनपुर्वक कामकर्तव्य पुरा गरेको भन्दै धन्यवाद सहित आगामी दिनको शुभकामना दिएका छन ।

एसपी खत्रीले देशका लागि छोटो समयमा गर्नु भएको योगदानको प्रहरी संगठनले उच्च कदर गर्र्दै भावि दिनमा प्रहरी सेवादेखि देश समाज सेवाका लागि अनुशासनपुर्वक जिम्मेवारी निर्वाहमा सुझाव दिएका छन । कञ्चनपुरमा प्रहरी तर्फ झण्डै २ हजार ३५ र सशस्त्र प्रहरी तर्फ २सय९२ निर्वाचन प्रहरी भर्ना गरिएको थियो । तीन निर्वाचन क्षेत्रका १३२ स्थानमा निर्वाचन भएको थियो । २६ समान्य, ४०समवेदनशिल र ६६ अति समवेदनशिल स्थानमा निर्वाचन प्रहरीदेखिका सुरक्षा निकाय खटिएका थिए ।

निर्वाचन पुर्व, निर्वाचन र पश्चातको समयमा निर्वाचन प्रहरीले कर्तव्यनिष्ट भएर गरेको कामको जिप्रकाले उच्च प्रससा गरेको छ । कञ्चनपुरका निर्वाचन प्रहरीले समेत देशका लागि ४०दिनै भएपनि भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गरेका छन । जिल्लाका निर्वाचन स्वच्छ, निष्पक्ष एव भयरहित वातावरणमा सम्पन्न भएको छ ।


ताजा समाचार

spot_img