कञ्चनपुर । प्रतिनिधी सभा निर्वाचनको लागी देशमा अहिले मतदान भईरहेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका शान्तीपुर्णरुपमा मतदान भईरहेको छ् । कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत पर्ने दोधारा चाँदनी नगरपालिकामा १६ वटा मतदान स्थलमा ३३ वटा मतदान केन्द्र रहेका छन् । जम्मा २७ हजार ६ सय १७ जना मतदाता रहेको दोधारा चाँदनी नगरपालिकामा उत्साहजनकरुपमा मतदान भईरहेको मतदान स्थलका मतदान अधिकृतहरुले जनाएका छन् । बिगतका भन्दा यस पटकको प्रतिनिधी सभा निर्वाचनमा खासै उत्साह देख्न नपाएको पर्यवेक्षक राजकुमार सुनारले बताउनुभयो ।

पुरुषको भन्दा महिलाको उपस्थिती केही बढी देखिएता पनि मतदाताहरुमा खासै जाँगर र उत्साह नभएको पाईएको उहाँको भनाई छ् । पर्यवेक्षक राजकुमार सुनारका अनुसार अनुसार बिगतका ६० प्रतिशत बढी मत खस्ने दोधारा चाँदनी नगरपालिका क्षेत्रमा यस पटक ४५ देखि ५० प्रतिशत मत खस्नसक्ने आंकलन गर्नुभएको छ् ।

मतदान स्थलमा बिना अनुमती मोटरसाईकल सञ्चालन भईरहेपनि नेपाली प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिना अनुमती लिएर गुडिरहेका मोटसाईकललाई नियन्त्रमा लिने कार्य गर्दै आएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । दोधारा चाँदनी नगरपालिकामा बिभिन्न बिद्यालयमा रहेका मतदान स्थल तथा केन्द्रमा मतदाता भोट खसाल्न लामबद्ध भएका छन् ।







