कञ्चनपुरमा उत्साहजनक मतदान

१०६ बर्षिया जेष्ठ नागरिक लक्ष्मीदेवीले क्रिरियापुत्रीले पनि गरे मतदान


कञ्चनपुर : कञ्चनपुरमा उत्साहजनक मतदान शुरु भएको छ । निर्वाचन आयोगले तोके अनुरुप बिहान ७ बजेदेखि मतदान शुरु भएको हो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले तोकिएकै समयमा मतदान शुरु भएको बताए ।
मुख्य निर्वाचन अधिकृत भण्डारीले जिल्लाभरीका १सय ३२वटै निर्वाचन स्थलका ३सय ६२मतदान केन्द्रबाट मतदान शुरु भएको बताए । ‘अहिलेसम्म मतदान उत्साहजनक रुपमा भएको छ, ‘मुख्य निर्वाचन अधिकृत भण्डारीले भने, ‘नागरिकले बिहानैदेखि हरेक मतदान केन्द्रमा उत्साह देखिएको छ ।’
१०६ बर्षिया बृद्धद्वारा मतदान कञ्चनपुरको निर्वाचन क्षेत्र २की एक बृद्ध जेष्ठ नागरिकले मतदान गरेकी छिन । निर्वाचन क्षेत्र २अन्र्तरगत शुक्लाफाँटा नगरपालिका १बन्साहकी १०६बर्षिया लक्ष्मीदेवी अवस्थीले मतदान गरेकी छिन ।

जेष्ठ नागरिक अवस्थीले कृष्ण आधारभूत मतदान केन्द्रमा मतदान गरेकी हुन । अवस्थीले ०४९द्येखि ०८२सम्मै मतदान गरेकी छिन । जिल्लाको सबैभन्दा बढी मतदाता रहेको भीमदत्त नगरपालिका १८कटान स्थित महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)मा पनि उत्साहपूर्ण मतदान भईरहेको छ । महेन्द्रनगर माविमा १०हजार ३२८मतदाता रहेका छन । जिल्लाभरीकै कुल मतदाता मध्ये ३.२८ र क्षेत्र ३का कुल मतदाता मध्ये १० प्रतिशत एकै मतदान स्थलमा रहेका छन । जहाँ ११ मतदान केन्द्र रहेका छन । भीमदत्त नगरमा क्रिरियापुत्री पनि गरे मतदान
कञ्चनपुरमा क्रिरियापुत्रीले पनि मतदान गरेका छन । क्रिरियापुत्रीद्वय बलराम सार्की र कृष्ण सार्की क्रिरियापुत्रीले मतदान गरेका हुन ।

क्रिरियापुत्रीद्वय सार्की दाजुभाईले क्षेत्र नम्बर ३ अन्र्तरगत भीमदत्त नगरपालिका ८तिलाचौर स्थित त्रिभुवन मावि मतदान केन्द्रमा मतदान गरेका छन । केही दिन अघि बलराम र कृष्णकी ममतामयी आमा रामसरी सार्कीको निधन भएको थियो । क्रिरियामा रहेका सार्की दाजुभाईले जनप्रतिधी छान्ने निर्वाचनमा घर परिवार शोकाकुलमा रहेका बेलामा पनि मतदान गरेको बताएका छन । ३० वडा रहेको यस क्षेत्र ३ मा ५०हजार ४८७पुरुष, ५२ हजार, ६सय महिला गरेर १लाख ३ हजार, ८७मतदाता रहेका छन । भने, ३७मतदान स्थलमा ११५मतदान केन्द्र रहेका छन ।

 

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार क्षेत्र १मा ५० हजार १२३पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४मतदाता रहेका छन । भने, ३२ वडा रहेको क्षेत्र १मा ५२मतदान स्थलमा १२२ मतदान केन्द्र रहेका छन ।
३० वडा रहेको क्षेत्र २मा १तेस्रंो लिङ्ग सहित ५३ हजार ४४५पुरुष, ५६ हजार, १२८ पुरुष गरेर १लाख, ९ हजार ५७४मतदाता रहेका छन । ४२मतदान स्थलमा १२३मतदान केन्द्र रहेका छन ।
३० वडा रहेको यस क्षेत्र ३ मा ५०हजार ४८७पुरुष, ५२ हजार, ६सय महिला गरेर १लाख ३ हजार, ८७मतदाता रहेका छन । भने, ३७मतदान स्थलमा ११५मतदान केन्द्र रहेका छन ।
गत निर्वाचन कञ्चनपुरमा १ तेस्रो लिङ्ग सहित १ लाख ४६ हजार, ८४६ पुरुष र १ लाख, ५५ हजार, ६६२ महिला गरी कुल ३ लाख, २ हजार ५०९ मतदाता मध्ये, १ लाख, ८६ हजार ३२२ ले मतदान गरेका थिए ।
अधिल्लो चुनावको तुलनामा अहिले ११हजार, ९७६मतदाता मात्रै बढेका छन । ०८२मा आईपुग्दा १तेस्रो लिङ्ग सहित १लाख, ६० हजार, ३सय १६ महिला र १लाख, ५४ हजार ६८ पुरुष रहेका छन । अहिले ६ हजार २सय ४८ महिला मतदाता बढी रहेका छन । मतदानको मिति नजिकिदै गएपछि जिल्लामा सुरक्षा व्यवस्था समेत चुस्तदुरुस्त पारिएको छ । राजमार्ग, बजार, सीमा क्षेत्र, मतदान स्थलदेखिका सार्वजनिक क्षेत्रमा गस्ती सहितका सुरक्षा प्रबन्ध मिलाईएको छ । ३सिटका लागि कञ्चनपुरमा ५५उम्मेदवार रहेका छन । निर्वाचन आयोगदेखि जिल्ला स्थित सरोकारवाला निकायले ढुक्क भएर तोकिएको समयमा आ–आफ्नो मतदान केन्द्रमा गएर मतदान गर्न अपिल गरेका छन । यसैविच कञ्चनपुरमा १८ बर्षमा निरन्तर मतदाता संख्या समेत बृद्धि भईरहेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुर एव उतिबेला विभिन्न सचार माध्यममा प्रकासित भएको तथ्याङ्क अनुसार ०६४ सालमा ९७ हजार ४४२ महिला र ८६ हजार ८७७ पुरुष गरेर कुल १ लाख, ८४ हजार ३१९ मतदाता थिए । उतिबेला १० हजार ५२ महिला बढी मतदाता रहेका थिए । उतिबेला ९८हजार, ७३९मतदानमा सहभागि भएका थिए, भने ८५हजार ५८०मतदानमा सहभागि भएनन । ०७०मा ९४ हजार, ९सय २३ महिला र ८८हजार, १सय ४६पुरुष गरेर १ लाख, ८३ हजार, ६९ मतदाता रहेका थिए ।
जसमध्ये ६हजार ७सय ७७ बढी महिला मतदाता थिए । १लाख, ५२ हजार, ९ मतदानले मतदान गरे भने, ३१ हजार, ०७०ले मतदानमा सहभागि भएनन । ०७४ सालमा १ लाख ३६ हजार ४५१ महिला र १ लाख, २८ हजार ५२३ पुरुष सहित जम्मा २ लाख, ६४ हजार ९७५ मतदाता थिए । पुरुष भन्दा ७ हजार ९२८ बढि महिला मतदाता रहेका थिए । १ लाख, ८३ हजार ६६८ ले मतदानमा सहभागि थिए । ८१हजार ३०७ले मतदान नै गरेनन् ।
०७९ सालमा ३ लाख, २ हजार, ५०९ थिए जसमध्ये १ तेस्रो लिङ्ग सहित १ लाख ४६ हजार, ८४६ पुरुष र १ लाख, ५५ हजार, ६६२ महिला मतदाता रहेका छन । ०७९मा ८ हजार, ८सय १६ महिला बढी मतदाता रहेका थिए । १ लाख, ८६ हजार ३२२ ले मतदान गरे, १ लाख, १६ हजार, १८७मतदाताले मतदान गरेनन ।
०८२मा आईपुग्दा ३लाख, १४ हजार, ३८५ पुगेको छ । १तेस्रो लिङ्ग सहित १लाख, ६० हजार, ३सय १६ महिला र १लाख, ५४ हजार ६८ पुरुष रहेका छन । अहिले ६ हजार २सय ४८ महिला मतदाता बढी रहेका छन । यस पटक कतिले मतदान गर्दछ भन्ने नागरिक जिज्ञासा जागेको छ । ०८४मा हुने निर्वाचन ०८२मै हुँदा नागरिक तहसम्मै उच्च उत्साह नभएकाले कतै कम मतदान हुने प्रक्षेपण गरिएको छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षाका प्रमुखदेखि निर्वाचन अनुगन अधिकारीद्वारा विभिन्न मतदान स्थलको समेत अनुगमन गरिएको छ। कुल मतदाताको तुलनामा ५० प्रतिशत भन्दा बढी मतदान हुने अपेक्षा गरिएको छ ।


ताजा समाचार

spot_img