दोधारा । कञ्चनपुरमा चुनावी अभियान आज अन्तिम चरणमा छ् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा स्वतन्त्र सहित १७ उम्मेदवार मत माग्न घरदैलोमा छन् । चारैतिर विकास, समृद्धि र परिवर्तनका नारा घन्किरहेका छन् । तर, मौन अवधि सुरु हुनै लाग्दा पनि दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलको बादी बस्तीमा सीमान्तकृत (बादी) बस्तीमा भने चुनावको कुनै रौनकनै छैन् । झण्डै १२ घरधुरी रहेको बादी बस्तीमा गाँस, बास र कपासको चरम अभाव छ् । पुस्तौं देखि मादल बनाएर, गित गाएर माँगी खाने बादी समुदायले देशमा गणतन्त्र आउदा पनि गाँस, बास र कपासको सकसमा जिन्दगी जिउन बाध्य छन् ।


नेपाल सरकारलाई आफ्नो पिडा सुनाउदा समेत पुरा नहुदा बडुवाल टोलका बाखदी घरपरिवार भारतको बिभिन्न शहरमा ज्यालामजुरी गर्न बाध्य भएका छन् । सरकारलाई आफ्नो पिडा सुनाउदा पनि परिणाम शून्य रहदा यहाँका बादी घरपरिवार निराश बन्दै गएका छन् । यसपटक झन अहिले सम्म यो बस्तीमा कुनै उम्मेदवार नपुगेको उनिहरुको जिल्ला भरी सभा, जुलुस र नाराले माहोल तातिएको छ । तर, यो बस्तीमा नागरिकको एउटै माँग छ ।

गाँस, बास र कपासको । उनीहरुलाई ठूला नारा र महत्वाकांक्षी योजना छैन् । मौन अवधि सुरु हुन लागेको छ् । बस्तीमा कोही उम्मेदवार आएनन् नागरिकले आफ्ना माँग समेत दोहोर्याउने मौका समेत पाएनन् ।







