शुक्लाफाँटामा नेपाली कम्युनिष्ट पार्टीद्वारा बृहत र्‍याली


कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली कम्युनिष्ट पार्टीले बृहत् मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ। पार्टीको निर्वाचन परिचालन समितिले आयोजना गरेको र्‍यालीमा करिब पाँच सयभन्दा बढी मोटरसाइकल तथा झण्डै एक हजारभन्दा धेरै कार्यकर्ता उत्साहपूर्वक सहभागी भएका थिए। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि नेपाली कम्युनिष्ट पार्टीबाट माधव पन्त उम्मेदवार रहेको र्‍यालीले वातावरण थप उत्साहपूर्ण बनाएको छ।

शुक्लाफाँटा नगरपालिका निर्वाचन परिचालन समितिका नगर संयोजक महेश दत्त जोशीका अनुसार, स्थानीय र युवा उमेदवारका रूपमा रहेका माधव पन्तप्रति मतदाताको विश्वास र उत्साह बढ्दो क्रममा रहेको छ। उनले जनताबीच सकारात्मक माहोल बन̌दै गएको तथा र्‍यालीले उमेदवारप्रति समर्थन झनै दृढ भएको बताए।

निर्वाचन प्रचार–प्रसारलाई सशक्त बनाउन पार्टीले १२ वटै वडामा घर–दैलो कार्यक्रम, भेटघाट, मतदाता शिक्षा, विभिन्न टोल तथा बजार क्षेत्रका कोणसभा, साथै मोटरसाइकल र्‍यालीजस्ता गतिविधि निरन्तर सञ्चालन गरिरहेको संयोजक पन्तले बताए। उनका अनुसार यी कार्यक्रमहरूले पार्टीको अभियानलाई स्थानीय तहमा प्रभावकारी ढंगले विस्तार गर्न मद्दत गरिरहेका छन्।

त्यसैगरी, युवा परिचालन समितिका संयोजक तथा वाईसिएल नेपालका केन्द्रीय उपाध्यक्ष नवराज ऐरले हालको जेनजी आन्दोलनपछि युवाले परिवर्तनकारी भूमिकासहित अग्रसर भएका बेला, पार्टीले शुक्लाफाँटामा युवा र बौद्धिक व्यक्तित्वका रूपमा माधव पन्तलाई उम्मेदवार बनाएको बताउनुभयो। स्थानीय समस्यामा अझै नजिकबाट परिचित उमेदवार पन्तप्रति जनतामा आशा र भरोसा बढ्दै गएको ऐरले बताए।

पार्टीका कार्यकर्ताबाट स्थानीय तहमा जनसम्पर्क अभियानलाई अझै व्यापक बनाउँदै लैजाने उल्लेख गर्दै, दुवै नेताले निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।


ताजा समाचार

spot_img