कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट मान बहादुर सुनार जिताउनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा सहितकाm नेता कार्यकर्ताहरु धमाधम नेकपा प्रवेस गर्न लागेका छन । नेकपा कञ्चनपुरका युवा नेता बिरेन्द्रराज विष्टले पछिल्ला दिनहरुमा नेकपाले क्षेत्र ३मा चुनावी प्रचारप्रसार तिव्र पारेसंगै विभिन्न पाटी परित्याग गरेर नेकपा प्रवेसक्रम जारी रहेको बताए ।

नेकपा केन्द्रीय सदस्य प्रताप तिरुवाले मान बहादुर सुनार जिताउने अभियानमा बेदकोट, भीमदत्त र दोधाराचाँदनी नगर क्षेत्रमा एमाले नेता कार्यकर्ताहरु खुलेरै प्रवेस गरेको र अहिले खुल्न नसकेका नेता कार्यकर्ताहरुले सिधै मत दिने बताए । एमालेका हर्क बहादुर मगर, रतन विष्ट, भीमदत्त नगरपालिका काँग्रेस नेता ललित कोली, राप्रपा नेता योगेश धामीले नेकपा प्रवेस गरेका छन । उनीहरुलाई नेकपा उम्मेदवार मान बहादुर सुनार, नेकपा नेता एव क्षेत्र ३ निर्वाचन परिचालन समितिका संयोजक प्रकास बहादुर रावल सहितका नेता कार्यकर्ताहरुले पाटी प्रवेस गराएका छन ।

नेकपा प्रवेस गरेका विभिन्न दल एव स्वतन्त्र विद्यार्थी, युवा, महिला, किसान, मजदुर,जेष्ठ नागरिकहरुले देशमा सबै समुदायको मुक्तिदेखि देश रक्षा, भ्रष्टाचार मुक्त गर्दै सुशासन गर्ने पाटी नेकपा भएकाले नेकपाका उम्मेदवार जिताउन आफ्नो पुर्ववत पाटी परित्याग गरेको बताएका छन ।







