बीना मगर जिताउन बेलौरीका काँग्रेस निकट नेता नेकपातिर


कञ्चनपुर: बीना मगरलाई बहुमतका साथ जिताउनका लागि नेपाली काँग्रेस बेलौरीका नेता कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटी(नेकपा) प्रवेस गरेका छन ।

नेकपा युवा नेता हिमेश थापाले काँग्रेस बेलौरीका नेता ठाकुर चौधरी, झकर डगौरा सहितका दर्जनौँ नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेको बताए ।

नेता थापाका अनुसार शुक्रबार काँग्रेस बेलौरीका थारु नेताहरुले पाटी परित्याग गर्दै नेकपा प्रवेस गरेको बताए । उनीहरुलाई नेकपा उम्मेदवार बीना मगर, नेकपा नेता जिवनराज थापा, दिपा चौधरी, बिनोद नेपाली, हिमेश थापा सहितका युवा नेता कार्यकर्ताहरुले पाटीमा स्वागत गरेका छन ।
काँग्रेसमै बस्दा बीना मगरलाई जिताउन समस्या हुने भएकाले पाटी नै परित्याग गरेर नेकपा प्रवेस गरेको जनाएका छन । उनीहरुले अब महिला नेतृ बीना मगर जिताउन अहोरात्र खटिने बताएका छन । पछिल्ला दिनहरुमा बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडीमा काँग्रेस, एमाले सहितका अन्य दल परित्याग गर्दै नेकपा प्रवेस गर्नेहरुको लहर नै चलेको छ ।


ताजा समाचार

spot_img