कञ्चनपुर: निर्वाचन क्षेत्र ३ बाट नेकपा उम्मेदवार मान बहादुर सुनार जिताउनका लागि जिल्लाको भीमदत्त नगरका एक प्रतिष्ठित व्यवसायी नेकपा प्रवेस गरेका छन।

सालिक व्यक्तित्व समाजसेवी स्वच्छ छविका मान बहादुर सुनार जिताउनका लागि भीमदत्त नगरका प्रतिष्ठित पुस्तक व्यवसायी नवराज भट्ट नेकपा प्रवेस गरेका हुन ।
शुक्रबार नेकपाको महेन्द्रनगरमा आयोजित चुनावी ¥याली कार्यक्रमकै दिन भट्टले नेकपा प्रवेस गरेको नेकपा कञ्चनपुरका युवा नेता बिरेन्द्रराज विष्टले बताए ।

बैजनाथ मावि शिक्षक, अभिभावक संघका अध्यक्ष समेत रहेका भट्टले क्षेत्रको विकासका लागि मान बहादुर सुनार जिताउनुको विकल्प नभएकाले नेकपातिर गएको बताएका छन ।
भट्टलाई नेकपा उम्मेदवार मान बहादुर सुनार, नेकपा क्षेत्र ३ निर्वाचन परिचालन समितिका संयोजक प्रकास रावल, युवा नेता बिरेन्द्रराज विष्ट सहितले खादा, चुनाव चिन्ह तारा भएको ब्याज वितरण गरेर पाटी प्रवेस गराएका थिए ।

नेकपा प्रवेस गरेका पुस्तक व्यवसायी भट्टले अब कञ्चनपुरका नेकपा प्रवेस गर्नेहरुको ओईरो लाग्ने संकेत गरेका छन । ४ मसिर ०७९ मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा नेकपा नेतृत्वको सरकारले सुशासन, दीगो विकासका लागि भ्रष्टाचार बिरुद्ध आन्दोलन छेडेसंगै काँग्रेस, एमालेले प्रचण्ड सरकार ढलाएर देशमा कुसासनले भदौँ २३ र २४ को जेनजी बिद्रोहले भौतिकदेखि मानवियक अतुलनिय क्षति भएकोे जनाउँदै अझैपनि काँग्रेस, एमालेको हातमा देश पुग्ने फेरी ५ बर्षमा हुने निर्वाचन ३ बर्षमै हुने अवस्था अन्त्यका लागि नेकपालाई बहुमत दिलाउनुपर्ने नागरिकको अपेक्षा छ ।






