दोधारा । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरि बिदेशमा रहनुभएका नेपाली दाजुभाईहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी नगर कमिटिलाई निर्वाचनमा प्रचार–प्रसार सामग्री पठाएको छ् । निर्वाचनामा आवश्यक झण्डा, टोली, ब्याच, हेण्डमाईक लगाएत चुनावी प्रचार–प्रसार सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी नगर कमिटिलाई बिदेशमा रहनुभएका नेपाली दाजुभाईहरुले पठाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता मनोज भण्डारीले जानकारी दिनुभएको छ् ।

निर्वाचनमा प्रचार–प्रसार सामग्री अभाव भएको बेला रोजगारीको लागी कोरिया, कतार, भारत, मलेसिया लगाएत देशमा रहनुभएको नेपाली दाजुभाईहरुले निर्वाचनामा आवश्यक झण्डा, टोली, ब्याच, हेण्डमाईक लगाएत चुनावी प्रचार–प्रसार सामग्री पठाउनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता मनोज भण्डारीले बताउनुभयो । देशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लहर आएको बताउदै युवा नेता मनोज भण्डारीले बिदेशमा रहनुभएका नेपाली दाजुभाईहरु पनि राष्ट्रिय स्वतन्त्र पार्टी प्रति पुर्ण समर्थन रहेका बताउनुभएको छ् ।

कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका आफ्नो उम्मेदवार ज्ञानेन्द्र महतालाई जिताउन दोधारा चाँदनी नगरपालिका क्षेत्रमा एक्कबद्धता रहेको दाबी गर्नुभएको छ् ।

उहाँले बिदेशमा रहनुभएका नेपालीहरुले दोधारा चाँदनी नगर क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अत्यधिक बहुमतले बिजय बनाउन देखाएको उत्साहलाई धन्यबाद दिनुभएको छ् ।






