बीना मगर जिताउन फरक दलका उम्मेदवार, जेन्जीदेखि जेष्ठ नागरिक चुनावी अभियानमा


कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र १बाट फेरीपनि नेकपा नेतृ बीना मगर जिताउनका लागि फरक दलका उम्मेदवार, युवा, जेन्जी, जेष्ठ नागरिक चुनावी अभियानमा खटिएका छन । बीना मगर जिताउनका लागि फरक दलका उम्मेदवार, युवा, जेन्जी, जेष्ठ नागरिक चुनावी अभियानमा खटिएका हुन ।

०७४मा पहिलो पटक चुनाव जितेर खानेपानीमन्त्री भएकी बीना मगरले क्षेत्रको भौतिक विकासका लागि गरेको योगदानका आधारमा पुन क्षेत्रको विकासका लागि खाचो आवश्यक भएकाले उम्मेदवारदेखिका विभिन्न पक्षबाट नेकपा प्रवेस गरेका छन । नेकपा युवा नेता हिमेश थापाले दैनिक जेनजी युवा विद्यार्थी बिना मगर जिताउनका लागि नेकपा प्रवेस गरिरहेको बताए ।

उनका अनुसार क्षेत्र १का जेनजी विशाल परियार, मनिस बस्नेत नेकपामा समाहित हुँदै बिना मगर जिताउने अभियानजमा जुटेका छन । आफै चुनाव जितेर जनताका सपना पुरा गर्ने सकल्प गरेका प्रगतिशिल लोकतान्त्रिक पाटी(प्रलोपा)का उम्मेदवार देपेन्द्र बहादुर शाही र मितेरी पाटी नेपालका उम्मेदवार सियाराम राना सहितका जेनजी, महिलादेखिका जेष्ठ नागरिक बीना मगर जिताउने अभियानमा जुटेका छन ।

नेकपा केन्द्रीय सदस्य जिवनराज थापाले बीना मगर जिताउनका लागि विभिन्न दलका उम्मेदवार, युवा, विद्यार्थी, महिलादेखि जेष्ठ नागरिक चुनावी अभियानमा होमिएको बताए । बीना मगरको क्षेत्रमा अभाव भएकाले अब क्षेत्रको दीगो विकासदेखिका समस्या समाधानका लागि फरक दलका उम्मेदवारदेखि विभिन्न दलका नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरिरहेका छन ।


ताजा समाचार

spot_img