सात दिन कञ्चनपुरमा रक्सी खान र बेच्न बन्द


कञ्चनपुर: २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचन लक्षित गरेर कञ्चनपुरमा सात दिन मदिरा बिक्रि, वितरण, सेवनमा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्वाचन सुरक्षालाई मध्य नजर गर्दै एक् साता जिल्लामा मदिरा बिक्रि वितरण निषेध गरिएको हो ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले निर्वाचन सभ्य, सुव्यवस्थित, भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि मदिरा बिक्रि वितरणमा रोक लगाएको बताए । सहायक प्रजिअ जोशीका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले १४फागुनदेखि २१फागुन मतदान सम्पन्न नहुँदासम्म मदिरा बिक्रि वितरणदेखि सेवनमा रोक लगाएको बताए ।

उक्त अवधिभर मदिराको सेवन बिक्रि वितरण नगर्न गराउन सम्बन्धीत व्यवसायी सेवा उपभोक्ताहरुमा आग्रह गर्दै निषेध गरिएका बस्तुको बिक्रि वितरण सेवन गरेको पाईए कानुनी कार्बाहीको चेतावनी दिईएको छ ।


ताजा समाचार

spot_img