कञ्चनपुर २मा एमाले, काँग्रेसका नेता कार्यकर्ता रास्वपातिर ओईरिए

कञ्चनपुर: कञ्चनपुर निर्वाचन क्षेत्र २का नेपाली काँग्रेस र नेकपा एमालेका नेता कार्यकर्ताहरु राष्ट्रिय स्वतन्त्र पाटी प्रवेस गरेका छन । बुधबार झलारीमा रास्वपाको पाटी प्रवेस कार्यक्रममा एमाले, काँग्र्रेस सहितका दलहरुबाट रास्वपा प्रवेस गरेका हुन ।

रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले क्षेत्र २का उम्मेदवार दीपक बोहरा जिताउनका लागि काँग्रेस र नेकपा एमालेका नेता कार्यकर्ताहरु राष्ट्रिय स्वतन्त्र पाटी प्रवेस गरेको बताए । उनका अनुसार बुधबार नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गर्दै डेढ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरू बुधबार झलारीमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मा प्रवेश गरेका छन्।

एमाले शुक्लाफाँटाकी नेतृ मोनिका भट्ट(भण्डारी), पुर्व एमालेबाट उपमेयरमा चुनाव लडेकी थिईन । कृष्णपुर नगर कमिटी सदस्य टंकप्रसाद रोस्यारा, काँग्रेस कृष्णपुरका नेता रमेश ओझा, कञ्चन बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव धनबहादुर कुँवर, नेपाल विद्यार्थी सङ्घका पूर्व सदस्य राजकुमार जोशी, तथा कृष्णपुरका स्थानीय अभियन्ता मनोज ठगुन्ना र सूर्यराज भट्ट, पाल विद्यार्थी सङ्घका पूर्व सदस्य राजकुमार जोशी, तथा कृष्णपुरका स्थानीय अभियन्ता मनोज ठगुन्ना, सूर्यराज भट्ट, सिद्धाराज भट्ट, कृष्ण सेटी, मान ब. बोहरा, गोमती भण्डारी, जय ब. सुनार, सुरेन्द्र सुनार, धर्मराज भट्ट, जगदिश सुनार, ईन्द्र बुढा, नेत्र जोशी, गणेश सार्की, दिवाकर भट्ट, पत्रिका विष्ट, तुलसी राना, पवित्रा जितु आउजी, प्रकास धानुक, राम ब. खडका, निशान्त पनेरु, गणपति खडका, बिनोद मडै, रामसायब राना, बविता राना, कमला राना, राजु चौधरी, केशवराज भट्ट, पुष्पा राना, बविता राना, महेश्वरी राना, मधु राना रहेका छन्।

पार्टी प्रवेश कार्यक्रम रास्वपाका तर्फबाट क्षेत्र नं. २ का उम्मेदवार दीपक बोहरा, समानुपातिक सांसद रिमा विश्वकर्मा सहितका नेताहरूको उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा नेतृत्वले क्षेत्र नं. २ मा जनसमर्थन तीव्र बढिरहेको दाबी ग¥यो । पार्टीका नगर सभापतिका अनुसार, “कांग्रेस र एमालेबाट असन्तुष्ट भएर नयाँ राजनीतिक विकल्प खोज्दै आएका सयौं कार्यकर्ता निरन्तर रास्वपामा आवद्ध हुँदै छन्।” मतदातालाई आफ्नो पक्षमा पार्न दलहरूबीच कार्यकर्ता तानातान चलिरहेको नेकपा (एमाले) र नेपाली कांग्रेसबाट रास्वपामा भएको यो ठूला समूहको प्रवेशले निर्वाचन क्षेत्रको राजनीतिक समीकरणमा थप चहलपहल बढाएको विश्लेषण गरिएको छ । यस अघि पनि एमाले काँग्रेसका थुप्रै नेता कार्यकर्ता रास्वपा प्रवेस गरेको जनाएको छ ।

ताजा समाचार

spot_img