कञ्चनपुर : आशन्न २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचन लक्षित गरेर कञ्चनपुरका सीमा नाका बन्द हुने भएका छन । १८फागुनदेखि २१फागुनसम्म तीन दिन सीमा नाका बन्द हुने भएका हुन । मतदानको तीन दिन अघि १८फागुन राती १२देखि मतदानकै राती १२बजेसम्म जिल्लाभरीका सीमा नाका बन्द हुने भएका हुन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्रतिनिधी सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्नका लागि ७२घण्टा सीमा नाका बन्द रहने जनाएको छ ।

भारतसंग जोडिएको पुर्व डोकेबजारदेखि पुनर्वास, बेलौरी बेलडाँडी, दोधाराचाँदनी, भीमदत्तको गड्डाचौकी, ब्रम्हदेबका सबै नाकाहरुमा आवत जावत पूर्ण बन्द गरिएको छ । भारतसंग जोडिएका सबै सीमा नाकाहरु पूर्ण बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले बताए । सहायक प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार मतदान कार्य सम्पन्न नहुन्जेलसम्म एम्बुलेन, ट्ङकर, दमकल, दरसञ्चार सेवा, शव वहान, अस्पताल, विद्युत सेवा जस्ता अति आवक्यकीय सेवा सहित नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोग, अनुमती प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधन संचालनमा पूर्ण निषेध गरिएको छ ।

प्रशासनले नाका बन्द गरेको अवधिमान अनाधिकृत रुपमा भारत जाने, भारतमा नेपाल नआउन समेत आग्रह गर्दै नाका बन्द अवागै जाउजाउ समेत समेत अनुरोध गर्दै सम्बन्धीत सरोकारवालाहरुदेखि सर्वसाधारणमा जानकारीका लागि प्रशासनले सुचना जारी गरेको छ ।







