कञ्चनपुर : मंगलबार कञ्चनपुरमा मानसखण्ड साईकल यात्रा हुने भएको छ । जिल्लाको भीमदत्त र बेदकोट नगरपालिका क्षेत्रका ऐतिहासिक, धार्मिक पर्यटकीय स्थल क्षेत्रमा यात्रा हुने भएको हो । मानसखण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा मानसखण्ड साईकल यात्रा हुने भएको जनाएको छ । साईकल यात्राको तयारी पुरा भएको सयोजक अंकित जोशीले बताए ।

उनका अनुसार मदनचोकदेखि शुरु भई बेदकोट हुँदै विष्णू मन्दिरमा आएर समापन गरिनेछ । ‘यात्रामा अन्र्तराष्ट्रिय राष्ट्रिय सहित स्थानीय साईकल यात्री सहभागि हुनेछन, ‘उनले भने, ‘यो शुरुवात हो, आगामी दिनमा थप पनि गदै जाने छौँ ।’ मानसखण्ड ईभेन्ट म्यानेजमेन्टका संयोजक सुमन भट्टले क्षेत्रको पर्यकीय विकासदेखि स्वस्थ जिवन मानसखण्डको भूमि सरक्षणका लागि आध्यात्मिक सहितका कार्यक्रम संचालन गर्न लागिएको बताए ।

मानसखण्डका अभियन्ता बुद्धिजिवी लक्ष्मीकान्त जोशीद्वारा उद्घाटन गरिनेछ । विश्व साईकल यात्रा अभियानका संयोजक कवि महर्जनले कञ्चनपुरमा हुने साईकल यात्राले पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने बताए ।







