दोधारा चाँदनीमा दर्जनौँ जेन–जी युवा एमाले प्रवेश

दोधारा । कञ्चनपुरको दोधरा चाँदनीमा दर्जनौँ जेन–जी युवा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका छन् । सोमबार आयोजित चुनावी घरदैलो कार्यक्रमका क्रममा उनीहरू औपचारिक रूपमा पार्टीमा आबद्ध भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुर जिल्ला कमिटीका उपाध्यक्ष तथा प्रचार–प्रसार विभाग प्रमुख जनकराज अवस्थीका अनुसार दोधरा चाँदनी–२ का करन बम, सुरेन्द्र गिरी, बिक्रम गिरी, हरी गिरी, राजेन्द्र भट्ट र जीवन वनलगायतका युवाले एमाले रोजेका छन् ।

नवप्रवेशी युवालाई एमाले कञ्चनपुर इन्चार्ज तथा समानुपातिक उम्मेदवार निरुदेवी पाल तथा प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार दीपक प्रकाश भट्टले स्वागत गरेका थिए ।
पार्टी नेतृत्वले युवाहरूको सहभागिताले चुनावी अभियानमा थप उत्साह थपिएको दाबी गरेको छ । एमालेले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने लक्ष्यसहित अभियान तीव्र बनाएको जनाएको छ । पार्टीले कञ्चनपुर–३ मा दीपक प्रकाश भट्ट, कञ्चनपुर–२ मा बचन बहादुर सिंह र कञ्चनपुर–१ मा तारालामा तामाङलाई उम्मेदवार बनाएको छ ।

[sharethis-inline-buttons]

ताजा समाचार

spot_img