दोधारा चादनीमा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी सस्था लि. मार्फत सदस्य स्वर्गारोहण हुदा रु २० लाख ५० हजार बीमादाबि भुक्तानी

दोधारा : सदस्यहरुको आर्थिक समृद्धि र व्यवसायीक करोबारमा जोखिम न्यूनीकरण गर्न निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सदस्य ज्ञान बहादुर सुनारको मृत्यु पश्चात निजका श्रीमति हरिकला देवि सुनारलाई दोधारा दाचानी नगरपालिका प्रमुख किशोर लिम्बु सुब्बाले एक कार्यक्रम वीच रु २० लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष डम्बर दत्तभट्टको अध्यक्षता वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बहक, सदस्य, सन्दिप उपाध्याय , राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक प्रकाश सिंह कार्की, आईएमई प्रबन्ध कृष्ण मुरारी चटौल, सहकारीका संचालक गणेश प्रसाद भट्ट, नन्दराम भाट, प्रमुखकार्यकारी अधिकृत प्रेम सिंह भाट, प्रबन्धक बविता चन्दको सहभागिता रहेको थियो ।

संस्थाकी प्रबन्धक बविता चन्दले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि लिम्बुले निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले विमा कम्पनीको साझेदारीमा भरेको ऋणको म्यादी विमाको आवश्यकता र औचित्य वृद्धि हुदै गएकोले यस घटनाले सदस्यहरुको वृहत्तर हितका लागि निङ्गलाशैनी सहकारीले दोधारा चादनीमा गरेको उल्लेख्यपूर्ण कार्यको सराहना गर्नु भएको थियो । नगर प्रमुख सुब्बाले निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले यस नगरपालिकामा गर्ने वित्तिय साक्षरता र सहकारी शिक्षामा दोधारा चादनी नगरपालिका बाट हुन सक्ने सहयोग गर्ने कुरामा जोड दिनु भएको थियो ।

स्वं ज्ञान बहादुर तामाङ्ग निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था बाट रु २० लाख ऋण लग्नु भएको र पाचौ महिनामा पछि निजको मृत्य भएको अवस्थामा आईएम ई विमा कम्पनीले निजका परिवार हरिकला देविलाई विमा गरिको ऋणको रकम निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी मार्फत रु २० लाख तथा क्रियाखर्च रु ५० हजार हस्तान्त्रण गर्दा विमा कम्पनी, सहकारी संस्था र सदस्य सबैको जोखिम न्यूनीकरण भएको कुरा संस्थाकाअध्यक्ष डम्बर दत्तभट्टले बताउनु भएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा सहकारीका सदस्य ज्ञान बहादुर सुनारको घरमानै पुगी हार्दिक श्रद्धाञ्जली सहित मृत आत्मको चिर शान्तीका लागि १ मिनट मौन धारण कार्यक्रमको समेत आयोजना गरिएको जानकारी निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को कार्यालयबाट प्राप्त भएको छ ।

[sharethis-inline-buttons]

ताजा समाचार

spot_img