डिल्लीराज पन्त/ कञ्चनपुर : २१ फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि ३ सिटका लागि १९ दलका ४४ र ११ स्वतन्त्र गरेर ५५ उम्मेदवार चुनावी मैदानमा होमिएका छन । जसमध्ये दुई जना पुर्व पत्रकार पनि चुनावी मैदानमा होमिएका छन । संचारमाध्यामबाट जनताका आवाज बुदल्न गर्दै आएका पुर्व पत्रकारद्वय ज्ञानेन्द्र सिह महता र दिपकराज बोहरा पहिलो पटक चुनावी मैदान टेकेका छन । उनीहरु राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)बाट जिवनमै चुनावी मैदान टकेका हुन । बोहरा क्षेत्र २ र महता क्षेत्र ३बाट चुनावी मैदानमा होमिएका छन । बोहरा मेनस्ट्रीमको टेलिभिजन र महता मोफसलको रेडियो सहित टेलिभिजनमा काम गरेका पुर्व युवा सकृय पत्रकार हुन । संचार माध्यमबाट मात्रै होईन, जनताको जिवनमा परिर्वतन ल्याउनका लागि नीतिगत तहमै प्रतिनिधित्वका लागि भन्दै चुनावी मैदानमा होमिएका छन । कुनैबेला दिपकराज बोहरा जनताका समस्या उठान गर्न, सुशासन, भ्रष्टाचार बिरुद्धमा टेलिभिजनको पर्दाथमा देखिन्थे ।

टेलिभिजन मार्फत जनताका थुप्रै समस्या उठान गर्दै सरकारी सार्वजनिक निकायमा हुने बेथिति भ्रष्टाचार बिरुद्ध शसक्त आवाज बुलन्द गथे । टेलिभिजनका पर्दामा देखिने पुर्व पत्रकार बोहरा अहिले चुनावी मैदानमा भेटिन्छन् । बोहरा राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का तर्फबाट कञ्चनपुर २ का बलिया उम्मेदवार हुन । दुई दशक मेनस्ट्रीमको पत्रकारिता गरेका बोहरा अहिले सांसदको यात्रामा होमिएका छन । क्षेत्र ३बाट पुर्व पत्रकार ज्ञानेन्द्र सिह महता चुनावी मैदानमा होमिएका हुन । झण्डै १३ बर्ष सकृय पत्रकारिता गरेका महता राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुर ३बाट सासदका लागि चुनावी मैदानमा होमिएका छन । विगतमा प्रशन सोध्ने भूमिका निर्वाह गर्ने महता अहिले उत्तरदिने ठाँउमा जाने दौडमा होमिएका हुन । रेडियोदेखि टेलिभिजनसम्म पत्रकारिता गरेका महाताले समसायिक राजनैतिक, समाजिक, सुशासन, भ्रष्टाचार बिरुद्धमा मुद्दा उठान गर्दै आएका थिए । रेडियो संचालकहरुका अगुवा नेता समेत रहेका महता रेडियो राष्ट्रिय, जनबोली र झिलमिलाका संचालक पनि हुन । संचार क्षेत्रमा रहदा महताले जनताका आवाज, स्थानीय समस्यादेखि जनचासो, सुशासनलाई प्राथमिकताका साथ उठान गर्दै आएका थिए, यही अनुभवका आधारमा उनले अब संसद मार्फत नागरिकका जनजिविका विषयलाई संस्थागत रुपमै उठाउने जनताको अपेक्षा छ ।

संचारकर्मी सहित विभिन्न समाजिक संघ संस्थादेखि कृषि क्रान्तिका होेमिएका तिनै भूईमान्छेका आवाज उठाउने महता अहिले आवाज सम्बोधन गर्ने ठाँउमा पुग्ने सकल्प लिएर चुनावी मैदानमा होमिएका छन । विगतमा कञ्चनपुर क्षेत्रका जनतासंग प्रत्यक्ष साक्षात्कार गरेका ४० बर्षिया युवा उम्मेदवार महताले देश र जनताको उत्थानका लागि राजनीतिमा होमिएको बताउँदै कम्मर कसेर मतदाताहरुको चासो, गुनासो सुन्न घरदैलोमा पुगिरहेका छन । पहिलो पटक ससद पदमा डेब्यू गर्न चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पाटीका युवा नेता समेत रहेका महतालाई आम क्षेत्रका जनताको साथ सर्मथन रहेको पाईएको छ । संचारकर्मी हुँदै राजनीतिमा होमिएका महता रास्वापाको संस्थापक सुदूरपश्चिम प्रदेश इन्चार्ज, हाल विज्ञान, संचार तथा सुचना प्रविधी विभाग केन्द्रीय सचिव हुन । संचारदेखि समाजिक क्षेत्रमा लामो समय काम गरेका महता रास्वपा क्षेत्र ३ बाट एकल उम्मेदवारी सिफारिस भएका थिए । संचारकर्मी हुँदा सबै राजनैतिक दलसंग राम्रो सम्बन्ध विस्तार गरेका महता यस पटक चुनावी मैदानमा पुर्व आयोगका अध्यक्ष, पुर्व सांसद, मन्त्रीसंग चुनावी मैदानमा टक्कर दिन उत्रिएका हुन । संचारकर्मीदेखि सफल किसानको भूमिका रहदा उनलाई सरकारी, गैर सरकारी कार्यालय निकायबाट सम्मान पुरस्कार पाएका थिए ।

महता चुनावमा होमिएसंगै यस पटक कञ्चनपुर क्षेत्र ३ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । गत ३०बैशाख ०७९मा सम्पन्न भएको स्थानीय तह निर्वाचन क्षेत्र २मा दुई पालिका सहित ३० वडामा काँग्रेस, एमालेकै बर्चस्व छ । काँग्रेस १ पालिका सहित १४ वडा, एमाले १ पालिका सहित ९ वडा र १ स्वतन्त्र, २ राप्रपा, ४ नेकपाले जितेका थिए । भने, यस पटक फरक परिमाण आउने मतदाताको भनाई छ । पुर्व संचारकर्मी महता पहिलो पटक नेपाली काँग्रेसका हरि प्रशाद बोहरा, नेकपा एमालेका डा. दीपक प्रकास भट्ट, नेपाली कम्युनिष्ट पाटी(नेकपा)का मान बहादुर सुनार र राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)का पूर्ण बहादुर चन्दसंग भिड्दैछन । एमालेबाट उम्मेदवार बनेका डा. दीपक प्रकास भट्ट ०७४मा तत्तकालिन माओवादीसंग चुनावी गठबन्धनले जितेका र तत्तकालिन जनमुक्ति सेना नेपाली सेना समायोजन समितिका सदस्यको जिम्मेबारी निर्वाह गरिसकेका नेता हुन । नेकपाबाट उम्मेदवार बनेका पुर्व दोधारा गाविका अध्यक्ष हुँदै ०७४मा तत्तकालिन नेकपा माओवादीले एमालेसंग चुनावी गठबन्धन गरेका बेला सुप प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सांसद हुँदै भूमि, व्यवस्था तथा सहकारी राज्यमन्त्रीको जिम्मेबारी निर्वाह गरिरहेका थिए ।
राप्रपाका उम्मेदवार पूर्ण बहादुर चन्द ०६६/६७ सालतिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आयोगका अध्यक्षको जिम्मेबारी सम्हालिसकेका नेता हुन । ०७९मा सम्पन्न भएको स्थानीय चुनावमा दोधाराचाँदनीको मेयर र ३(ख)बाट प्रदेश सभा सदस्यमा उठेका थिए । पहिलो पटक चुनावमा होमिएका नेकपा (माओवादी)का पुर्व विद्यार्थी नेता विष्णूप्रकास उपाध्याय(बिराट)पनि चुनावी मैदानमा होमिएका छन । ०६४मा भएको स्वतन्त्र विद्यार्थी यूनियन स्ववियुमा सिद्धनाथ बहुमुखी क्याम्पसको कोषाध्यक्षमा निर्वाचित उपाध्याय पनि पहिलो पटक ससदीय यात्राका लागि चुनावी मैदानमा होमिएका छन । रोचक त के छ भने पञ्चायतकाल ०४९ मा दोधारा गाविसको नेतृत्व सम्हालेका सुनारले ०५६मा काँग्रेसका लेखकलाई साथ दिएका थिए । त्यसपछि ०५१स्वन्त्र लडेका सुनार पालिका, प्रदेशपछि केन्द्रको जिम्मेबारीका लागि चुनावमा होमिएका छन । ०७४ मा तत्तकालिन एमालेबाट भट्ट क्षेत्र ३ र तत्तकालिन माओवादीबाट ३(ख)चुनावी गठबन्धन एकै मोर्चाबाट चुनाव लडेका थिए । ०७४मा एमालेका भट्टसंगै चुनाव हारेका लेखक ०७९ मा एमालेकै उम्मेदबार निरुदेवी पालसंग चुनाव जितेका थिए । अहिले लेखक चुनावी मैदानमा छैनन, उनको ठाँउमा काँग्रेस कञ्चनपुरका पुर्व कमाण्डर हरि बोहरा आएका छन । पुराना एव परम्परागत दलप्रति बितृष्णा जागेका बेला गत भदौँमा जेनजी बिद्रोहसंगै मतदाताले नयाँ वा पुरानै दल रोज्ने नरोज्ने २१ फागुनको परिमाणले देखाउँछ ।
उक्त क्षेत्र ०४३ मा राष्ट्रिय पञ्चायतका बेला राप्रपाका ईन्द्र बहादुर खत्री, ०४८ मा काँग्रेसका तारणीदत्त चटौत, ०५१ मा एमालेका उर्वादत्त पन्त, ०६४ समानुपातिक सहित ०५६, ०७०, ०७९ काँग्रेसका रमेश लेखक, ०७४ मा एमालेका डा. दीपक प्रकास भट्ट र ०६५ को उप निर्वाचनमा तत्तकालिन माओवादीका हरिस ठकुल्ला(कमल क्षेत्री)ले जितेका थिए । क्षेत्र ३ का १ लाख ३ हजार ८७ मतदाताले अब कसलाई आफ्नो प्रतिनिधी बनाएर सांसदमा पठाउँछन, त्यो भने हेर्न बाँकी छ । चुनाव जितेर ससद प्रवेस गर्दै जनताका समस्या र बेतिथि भ्रष्टाचार चिर्दै निमुखा जनताको हक अधिकारका लागी सहि नीति, कार्यक्तम सुशासनका लागि भन्दै बोहरा मत माग्दै हिडेका छन । नेपाल टेलिभिजनदेखि न्यूज २४, फोरके ग्यालेक्सीमा काम गरेका पत्रकार बोहराले देशभरका जनताका आधारभूत समस्या उठान गरेका अनुभव छन । समाचारका माध्यमबाट मात्रै होईन, आफै नीति, निर्माता बनेर निमुखा नेपाली जनताका मुख्य समस्या समाधान गर्ने सकल्प सहित जिवनमै पहिलो पटक चुनावी मैदान टेकेका बोहराले परिर्वतनका लागि एक पटक सहयोगका लागि जनताको घरदैलोमा पुगिरहेका छन । दुईं दशक सकृय पत्रकारिता गरेका बोहरा आफुले पत्रकारिताका दौरानामा कुनैपनि दल निकट पत्रकार संघ संगठनको सदस्य नभई निष्पक्ष काम गरेका छवि बनाएका थिए ।
७ असार ०७९सालमा स्थापना भएको रास्वपाका संस्थापक केन्द्रीय सदस्य बोहरा चुनावका लागि मात्रै होईन क्षेत्रका लागि समेत पहिलो र नयाँ उम्मेदवार हुन । देशमा विद्यमान रहेका राजावादीदेखि गणतन्त्रवादी दलबाट निकास ननिस्कएको भन्दै बैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपाले परिर्वतनको एजेण्डा बोकेको उनको जिकिर छ । रास्वपाले क्षेत्र २ मा क्षेत्रीय, प्रादेशिक, पालिकादेखि ३०वटै वडाहरुमा सम्पर्क कार्यालय उद्घाटन गरेर चुनावी प्रचारप्रसार तिव्र पारेका छन । ३८ बर्षिया बोहरा चुनावी प्रचारप्रसारका लागि युवापङक्ति सहितको साथ सर्मथन घरदैलोमा हिडेका छन । बोहराले पाटीले अघि सारेका राष्ट्रिय चुनावी एजेण्डा सहित क्षेत्रको विकासका लागि एजेण्डा अघि सारेर मैदानमा होमिएका हुन । बोहराले बेरोजगारी अन्त्य, युवा शक्ति विदेश पलायन रोक्ने, आरक्षपीडित, भूमिहिन, सुकुमबासीमा समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, चुरे सरक्षण, कृषि, पर्यटन, औद्योगिक क्षेत्रको विकास गर्र्दै जनतालाई आत्मनिर्भर बनाउने क्षेत्रको दीगो विकासका कार्यक्तम अघि बढाउने बताए । ०४८देखि ०७९सम्म भएका निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीले क्षेत्रका लागि गरेको भन्दा उत्तम काम गर्ने बाचा गरिरहेका छन ।
बोहराले जनतासंग प्रत्यक्ष भेटेरै देशको व्यवस्था परिर्वतन भयो, तर त्यही व्यवस्थामा बाचिरहेका जनताको अवस्थामा कुनैपनि परिर्वतन नआएको भन्दै पाटीले जनताको जिवनमा वास्तविक जिवनमा परिर्वतन ल्याउने संकल्पका साथ अघि बढिरहेको बताए । राजनीति मार्फत जनताको जनजिविका परिर्वतन गरेर सुधारोन्मुख मार्गमा अघि बढ्ने बताए । परिर्वतनको एजेण्डा बोकेका बोहराले आफुलाई युवादेखि जेष्ठ नागरिकले साथ सर्मथन दिईरहेको दावि गरेका छन । आफ्नै मातृभाषामा समेत मतदातासंग सम्वाद गरिरहेका बोहराले सामु चुनौतीको पहाड छ । वैकल्पिक शक्ति रास्वपाका युवा नेता समेत रहेका बोहरा तीन पटक सांसद जितेर शिक्षाराज्यदेखि सिँचाई, परराष्ट्रमन्त्री भईसकेका काँग्रेंस उम्मेदवार एनपी साउद ठुला दल एमालेका युवा नेता बचन बहादुर सिह र नेपाली कम्युनिष्ट पाटी(नेकपा)का माधव प्रशाद पन्तसंग जित्ने दाउमा हिडेका छन । यस पटक ईतिहास रच्ने भन्दै रास्वपाका बोहरा पहिलो पटककै प्रयासमा पास हुने विश्वास गरेका छन । यस क्षेत्रबाट ०४८ मा काँग्रेसका बासुदेव भट्ट, ०५१ मा एमालेका भोजराज जोशी, ०५६, ०७०, ०७९ मा काँग्रेसका एनपी साउद, ०६४ मा माओवादीका देवीलाल चौधरी,०७४ मा एमालेका नर बहादुर धामी निर्वाचित भएका थिए । उक्त क्षेत्रबाट १९उम्मेदवार चुनावी मैदानमा होमिएका छन, उनीहरुलाई उछिन्ने बोहराको दाउ छ । ३० वडा रहेको क्षेत्र २ मा १ तेस्रंो लिङ्ग सहित ५३ हजार ४४५ पुरुष, ५६ हजार, १२८ पुरुष गरेर १ लाख, ९ हजार ५७४ मतदाता रहेका छन । ४२ मतदान स्थलमा १२३मतदान केन्द्र रहेका छन ।






