दोधारा चाँदनीमा ‘घरदैलो अभियान’ मा ब्यस्त रास्वपाका उम्मेदवार महता

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा चुनावी बढ्दो तापक्रम संगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ज्ञानेन्द्र महता घर–दैलो अभियानलाई तिब्रता दिएका छन् । कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत पर्ने दोधारा चाँदनी नगरपालिकामा पर्ने दोधारा चाँदनी नगरपालिकाका टोल, बस्तीमा पुग्दै स्थानीयवासीको उत्साह, सामूहिक उपस्थिती र खुलेआम समर्थन सहित स्वागत गरेको दृश्यले आफुहरु अझै उर्जावान भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर अध्यक्ष पुरन कुमालले बताउनुभएको छ् । यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मतदाता संग भेट गर्ने अभियानमा छ् ।

स्थानीय युवा, महिला देखि वृद्ध सम्म सबैले उम्मेदवार ज्ञानेन्द्र महतालाई आफ्नो क्षेत्रको ‘विश्वासिलो नेता’ का रुपमा लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर अध्यक्ष पुरन कुमालले बताउनुभयो । उम्मेदवार ज्ञानेन्द्र महतालाई बिजय बनाउन विहिवार देखि नाचगान गर्दै मतदाता संग भेट गर्ने कार्यक्रमलाई अघि बढाएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका नगर अध्यक्ष पुरन कुमालले बताउनुभएको छ् । पार्टीले थालेको घरदैलो अभियानमा स्थानियबासीहरुले नाच्दै गाउदै स्फुर्तरुपमा सघाउदै आएको नगर अध्यक्ष पुरन कुमालले बताउनुभयो ।

देशमै रास्वपाको लहर भएको बताउदै स्थानियबासीहरुको बाक्लो उपस्थितीले थप उत्साह जगाएको नगर अध्यक्ष कुमालले बताउनुभएको छ् । उम्मेदवार ज्ञानेन्द्र महताले पुराना दल प्रति स्थानियबासीहरुमा निरासा रहेको हुदा राष्ट्रिय स्वतन्त्र पार्टीमा जनविश्वास प्रगाढ रहेको बताउनुभएको छ् । आफु संचार क्षेत्रबाट आएको बताउदै कञ्चनपुर क्षेत्रको पिडा र समस्या नजिकबाट बुझेको उहाँले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको देश बनाउने र युवाहरुलाई स्वदेश फिर्ता गरि रोजगारी दिने काम पहिलो प्राथमिकता हुने उम्मेदवार ज्ञानेन्द्र महताले बताउनुभएको छ् । यस क्षेत्रबाट आफु बिजय भएपछि मतादाताहरुको अनुहारमा खुशी आउने काम गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभएको छ् ।

 

ताजा समाचार

spot_img