रास्वपाको दोधाराचाँदनी घरदैलो सहित ¥याली

कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)ले कञ्चनपुर क्षेत्र ३को दोधाराचाँदनी नगरपालिकामा घरदैलो सहित ¥याली निकालेको छ । शुक्रबार रास्ववाले दोधाराचाँदनी नगरपालिकामा घरदैलो सहित ¥याली निकालेको हो । रास्वपा उम्मेदवार ज्ञानेन्द्र सिह महता सहितका नेता कार्यकर्ताहरुले दोधाराचाँदनीका विभिन्न गाँउबस्तीहरुमा ¥याली निकालेका जनाएको छ ।

उम्मेदवार ज्ञानेन्द्र सिह महताले यस पटक बेथित, अत्याचार भ्रष्टाचार देशलाई सिण्डिगेटबाट मुक्त गराउन एक पटक घण्टी चुनाव चिन्हमा मतदान गरिदिन अनुरोध गरेका छन । यस अघि भीमदत्त नगरका विभिन्न गाँउबस्तीहरुमा ¥याली सहितका कार्यक्रम गरेको रास्वपाले दोधाराचाँदनीमा समेत चुनावी अभियान तिव्र पारेकोछ ।

घरदैलोमा जनसर्मथन पाएपछि उम्मेदवार सहित रास्वपा थप विश्वस्त भएका छन । रास्वपाले ठुला सहितका पुराना दललको सत्तामा रजगत तोड्दै जनताप्रति उत्तरदायी भएर कामकाज गर्ने प्रतिज्ञा गरेको छ ।

ताजा समाचार

spot_img