कञ्चनपुरका बैजनाथ, एलबिए, सार्क, फ्लोरिडा, न्यू सरस्वती विद्यालयको बार्षिकोत्सव : शैक्षिक गुणस्तर बृद्धिमा प्रतिबद्धता

कञ्चनपुर : कञ्चनपुरका सरकारी तथा निजी विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएका छन । जिल्लाका सामदायिक तथा निजी क्षेत्रबाट संचालित विद्यालयले बिहीबार एक कार्यक्रमका विच बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएका हुन । बैजनाथ मावि, लिटिल बुद्ध एकेडेमी(एलबिए), सार्क एजुकेशन स्कुल, फ्लोरिडा ईन्टरशेनल स्कुल, न्यू सरस्वती विद्या मन्दिर सहितका विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस छन । उत्कृष्ठ जेहेन्दार विद्यार्थी, शिक्षक, कर्मचारी समाजिक क्षेत्रका व्यक्तित्वलाई सम्मान पुरस्कारका साथै सुदूरपश्चिमको मौलिक लोक संस्कृति सरक्षणका लागि नृत्य प्रस्तुत गरेका छन । शिक्षक ओम प्रकास जोशी सहितलाई सम्मान गरिएको जनाएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको बैजनाथ माविले ६०औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

बैजनाथका प्रद्यानाध्यापक नरेन्द्र राज जोशीले विद्यालयको बृद्धि विकासका लागि शैक्षिक कार्यक्रम संचालन गरिएको छ । विद्यालय व्यवस्थान समितिका सदस्य सन्तोष सुनारले विवित कार्यक्रम गरेर मनाईएको बताए । उनका अनुसार भौतिक, शैक्षिक बृद्धि विकासका कार्यक्रम संचालन गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका शिक्षा महानिर्देशक दुर्गादत्त विष्टले सामुदायिक विद्यालय सुधारका लागि मेहनत गर्नुपर्नेमा जोडदिदै, शिक्षक, कर्मचारी सरोकारवाको गम्भिर ध्यानाकर्षण गराएका छन । सामुदायिक शिक्षा, सुधारका लागि शिक्षक मुख्य जिम्मेबार बन्नुपर्नेमा जोडदिए । विद्यालय व्यवस्थापन समितिका गणेश खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, कर्मचारी सहितका सरोकारवालाको सहभागिता रहेको थियो । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी(एलबिए)ले एक कार्यक्रमका विच १९औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्याम सिह मौनीले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नभई विद्यालयको बृद्धि विकासका लागि पहल गरिने बताए । प्रिन्सिपल मौनीले विद्यालयले दिने गुणस्तरिय शिक्षाकै कारण विद्यार्थी, अभिभावकको आकर्षण बढिरहेको बताए । प्रिन्सिपल मौनीले आगामी दिनमा समेत थप शैक्षिक कार्यक्रम संचालन गरेर दक्ष जनशक्ति उत्पादनमा प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले लिटिल बुद्धले शैक्षिक उन्नयनका क्षेत्रमा गरेको कामकाज प्रभावकारी भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, सरोकारवाला सहितको सहभागिता रहेको थियो । भीमदत्त नगरपालिका १२ ऐरी स्थित न्यू सरस्वती विद्या मन्दिरले पनि २३औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रिन्सिपल अमराज भट्टले पछिल्ला बर्षहरुमा विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गर्दैै गएको बताए ।

प्रिन्सिपल भट्टले विद्यालयमा नियमित पठन पाठनका साथै अतिरिक्त कामकाज भईरहेको बताए । सुदूरपश्चिम विश्वविद्यालयका पुर्व डिन प्राद्यापक डा. टेकराज पन्तको प्रमुख आथित्यमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश सिह भण्डारीको सभापतित्वमा रहेको कार्यक्रममा अभिभावक, विद्यार्थी, सरोकारवालाको सहभागिता रहेको थियो । भीनपा ४ महेन्द्रनगरको सार्क एजुकेशन फाउण्डेशन माध्यामिक विद्यालयले पनि ८औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । कार्यक्रममा सार्कका प्रिन्सिपल सुर्य घिमिरेले विद्यालयले विश्वबजारमा खपत हुने जनशक्ति उत्पादन गरिरहेको बताए । ल्याब बेसका आधारमा कक्षाकोठामा पठन पाठन भईरहेको बताउँदै प्रिन्सिपलले दक्ष जनशक्ति उत्पादनका लागि विद्यालय मात्रै नभई स्वयम अभिभावकदेखि सरोकारवाला सकृय हुनुपर्ने जोडदिए । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका विद्यालयका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बस्नेतले समय सान्र्दभिक शिक्षा प्रदान गर्दै अघि बढ्ने सकल्प लिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय गितका सर्जक प्रदिप कुमार राई(माईला लामा)ले विद्यालयकाले सृजनात्मक रुपबाट कार्यक्रम संचालन गरिएको बताए । भीनपा १८महेन्द्रनगरको फ्लोरिडा ईन्टरनेशल बोडिङ्ग सेकेण्ड्री स्कुलले पनि २५औँ अर्थात रिल्भर बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा विद्यालयका प्लटु संयोजक हिक्मत दमाईले स्वागत मन्तव्य राख्दै विद्यालयले शैक्षिक गुणस्तरका कार्यक्रम निरन्तर अघि बढाईरहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन डा. भवानी चलाउने विद्यालयबाटै क्याम्पस, विश्वविद्यालयका लागि जनशक्ति उत्पादन हुने बताए । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका फ्लोरिडाका प्रिन्सिपल जयराज ओझाले शैक्षिक सुधारका कार्यक्रमले विद्यार्थीको आकर्षण बनिरहेको बताए । यसरी नै जिल्लाका विभिन्न सामुदायिक तथा निजी विद्यालयले विवित कार्यक्रम गरेर बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएका छन ।

ताजा समाचार

spot_img