कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का नेता कार्यकर्ताहरुले दाङमा एमालेको झण्डा जलाएपछि त्यसको कञ्चनपुरमा पनि बिरोध गरिएको छ । शुक्रबार एमाले निकट युवा विद्यार्थीले पाटीको झण्डा जलाउने पाटी, नेता कार्यकर्तामाथि कार्बाहीको माग अघि सारेर कञ्चनपुरमा पनि बिरोध गरिएको हो ।

एमाले कञ्चनपुरका युवा कमल रोकायाले चुनावी वातावरण बनिरहेका बेला रास्वपा नेता कार्यकर्ताहरुले पाटीको झण्डा जलाएको बिरोधमा पाटी कार्यालयदेखि बिरोध प्रर्दशन सहित मदन चोकमा पुगेर कोण सभा गरिएको बताए । कार्यक्रममा एमाले निकट युवा विद्यार्थीले रास्वपाका नेता कार्यकर्ताहरुले यस्ता अबाञ्छित गतिबिधी नगर्न चेतावनी दिएका छन ।







