नाच्दै गाउदै, रमाउदै, भोट माग्दै दोधारा चाँदनीमा राष्ट्रिय स्वतन्त्र पार्टी

दोधारा । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो अभियानलाई रोचक बनाउन नाचगाना कार्यक्रम अघि सारेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, २, ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाच्दै गाउदै मतदाता संगको भेट अभियानलाई तिब्रता दिदै आएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार, नेता तथा कार्यकर्ताहरुले घरदैलोमा पुगी मतदाता संग भेटमा छमछमी नाच्दै भोट माग्दै हिडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनका नगर अध्यक्ष पुरन कुमालले बताउनुभयो ।

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत रहेको दोधारा चाँदनी नगरपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवार ज्ञानेन्द्र महतालाई बिजय बनाउन विहिवार देखि घरदैलो संगै नाचगान कार्यक्रमलाई अघि बढाएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका नगर अध्यक्ष पुरन कुमालले बताउनुभएको छ् । पार्टीले थालेको चुनावी घरदैलो अभियानमा मतदाताहरु नाच्दै गाउदै स्फुर्तरुपमा सघाउदै आएको नगर अध्यक्ष पुरन कुमालले बताउनुभयो । यतिबेला देशमै रास्वपाको लहर भएको बताउदै स्थानियबासीहरु नाच गानामा सहभागी भएर थप उत्साह जगाएको नगर अध्यक्ष कुमालले बताउनुभएको छ् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उम्मेदवार ज्ञानेन्द्र महतालाई भारी मतले बिजय गराउन नेता तथा कार्यकर्ता बिहान देखिनै व्यस्त छन् । रास्वपाको घरदैलो अभियानमा गित बजाएर नाँच्ने कार्यक्रमले अभियान झन रोचक बनेको छ् । यतिबेला चुनावले दोधारा चाँदनी नगरपालिकाको धेरै जसो टोल तातेका छन् ।

चोकचोकमा मात्र होईन, प्राय : जसो घर, बाटोमा देखिने सबै बिद्युत र टेलिफोनका खम्बामा समेत विभिन्न पार्टीका झण्डाहरु देखिएका छन् । जताततै चुनाव लागेको छ । विभिन्न पार्टीका नेताहरु टोलटोलमा भोट माग्न थालेका छन् ।

ताजा समाचार

spot_img