कञ्चनपुरमा ७५औँ प्रजातन्त्र दिवस

कञ्चनपुर : कञ्चनपुरमा प्रजातन्त्र दिवस मनाईएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरको अगुवाईमा ७५औँ प्रजातन्त्र दिवस मनाईएको हो । बिहीबार बिहान जिससदेखि मदनचोकसम्म प्रभातफेरी गरिएको छ ।

प्रभातफेरी सम्बोधन गर्दै भीमदत्त नगरका समाजिक विकास संयोजक शुशिल प्रशाद भट्ट, प्रमुख जिल्ला अधिकारी मदन कोईराला, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले प्रजातन्त्र पुर्नबहाली भएसंगै प्रजातन्त्र दिवसको शुभकामना दिएका छन ।

साथै नागरिकले प्रजातन्त्रको मुल्य मान्यता अनुरुप जिम्मेबारी निर्वाहमा जोडदिएका छन । १०४ बर्षे जहानियाँ राणा निरङकुश शासन अन्त्य भएको हरेक ७फागुनमा प्रजातन्त्र दिवस मनाईदै आएको छ ।

ताजा समाचार

spot_img