दोधारा चाँदनीको ग्रामिण बस्तीमा समेत बढ्यो चुनावी चहल पहल

दोधारा । सरकारले प्रतिनिधि सभाको निर्वाचन फाल्गुन २१ गते गर्ने घोषणा गरेर तिब्र तयारी गरे संगै कञ्चनपुर क्षेत्र नं. ३ मा पर्ने दोधारा चाँदनी नगरपालिकाको गाँउ, बस्तीमा चुनावी रौनक बढेको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न ग्रामिण भेगमा उम्मेदवारहरु घरदैलोमा मतदाता भेटघाट र संगठन बिस्तारमा ब्यस्त छन् । दोधारा चाँदनी नगरपालिकाको ग्रामिण भेगका बस्तीमा चुनावी चहल पहल बढेर गएको छ् । बिभिन्न राजनीतिक दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरु ब्यापक चुनावी प्रचारमा खटिएका छन् । राजनीतिक दलहरुले गाँउ, टोलका नेता कार्यकर्ता मार्फत मानिस भेला गरेर बाक्लो बस्ती, गाँउ टोलमा पुग्ने, आफ्ना कुरा राख्ने गरिरहेका छन् भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाले पनि सर्वसाधारणलाई भेटघाट गर्दै आफ्ना योजना सुनाईरहेका छन् ।

अहिले नगर क्षेत्रको बिभिन्न स्थानमा नेपाली काग्रेंस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी, उज्यालो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओबादी), मितेरी नेपाल पार्टी लगाएत दलहरुले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरि निर्वाचन गतिविधी तिब्र बनाउदै गएका छन् । देशमा शान्ती, महाकाली नदी र जगबुडा नदी नियन्त्रण, जग्गा धनी पुजाए, सडक, वन्यजन्तु नियन्त्रण उम्मेदवारहरुको प्रमुख एजेण्डा रहेको छ् ।

उम्मेदवारहरुले आफु वर्षाै देखि जनताकै सेवामा अनवरत खटिरहे पनि जनताबाट अनुमोदित भएर अझै समृद्ध राष्ट्र निर्माणको अभियानमा अगाडी बढ्नका लागि उम्मेदवारको रुपमा आएको बताउदै आएका छन् । कञ्चनपुर क्षेत्र नं. ३ मा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

चिसोमा शरीर भरि न्यानो लुगा लगाएर उम्मेदवारहरु भेटघाटमा घर दैलोमा पुग्न थालेपछि लामो समय देखि सुनसान देखिने गाँउ बस्ती, बजार, सार्वजनिक स्थल र चिया पसलहरुमा चुनावी बहस सुरु भएको छ् ।

ताजा समाचार

spot_img