डिल्लीराज पन्त / कञ्चनपुर:राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) सभापति रवि लामिछाने कञ्चनपुर पुगेका छन । मंगलबार जिल्ला पुगेका पाटी सभापति लामिछानेले बुधबार महेन्द्रनगर पुगेर पाटीका उम्मेदवार जिताउन संकेत गरेका छन । भ्यानबाटै चुनावी चिन्ह घण्टी बनाउँदै र पाटीको झण्डा फहराउँदै कञ्चनपुरका उम्मेदवार जिताउन सकेत गरेका छन । पाटी सभापति लामिछानेसंगै क्षेत्र ३का उम्मेदवार ज्ञानेन्द्र सिह महताले समेत अभिभावन गर्दै घण्टीका लागि मत मागेका हुन । सयौँ नेता कार्यकर्तादेखि सर्मथकका विचबाट रास्वपा पाटी सभापति लामिछानेले जितको अभिवादन गर्दै पाटी र उम्मेदवारलाई जिताउन अपिल गरेका छन ।
महेन्द्रनगरपछि क्षेत्र २को झलारी, वाणी, गुलरियादेखि राजघाट हुुँदै धनगढी गएका छन । रास्वपा कञ्चनपुर १ बाट जनक सिह धामी, २ दिपकराज बोहरा र ३ मा ज्ञानेन्द्र सिह महता पहिलो पटक चुनावी मैदानमा होमिएका छन ।यस अघि गत १३माघमा पाटीका बरिष्ठ नेता बालेन्द्र शाह पनि कञ्चनपुर पुगेर घण्टी बनाउँदै उम्मेदवार जिताउन संकेत गरेका थिए । परिर्वतन सुशासनका लागि एक पटक रास्वपाको परीक्षा लिन समेत आग्रह गरेका छन । बुधबार सुदूरपश्चिम प्रदेश धनगढीबाट हुने रास्वपा चुनावी सभा सम्बोधनका लागि पाटी सभापति लामिछाने, बरिष्ठ नेता बालेन्द्र शाह सहितका शिर्ष नेता धनगढी पुगेका छन ।






