राप्रपा कञ्चनपुरको चुनावी सभा पाटी अध्यक्ष लिङदेन भन्छन, ‘रास्वपाको दर्शन के हो ?

कञ्चनपुर: राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा) कञ्चनपुरले महेन्द्रनगरमा चुनावी सभा गरेको छ । मंगलबार राप्रपाले महेन्द्रनगरमा चुनावी सभा गरेको हो । राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले जिल्लामा पहिलो पटक तीनै क्षेत्रका उम्मेवार, पाटी केन्द्रीय अध्यक्ष सहितको उपस्थितिमा चुनावी सभा गरेको बताए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पाटी लक्षित गरेर नयाँ पाटीको दर्शन के हो ? भन्दै प्रशन गरेका छन । रास्वपाप्रति राप्रपा अध्यक्ष लिङदेनले कटाक्ष गर्दै सो पाटीको दर्शनमाथि प्रशन गरेका हुन ।

चुनावी सभा सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङदेनले पाटी सभापतिलाई उम्मेदवार को हुन थाहा नभएको यस्ता पाटीले देश पायो के गर्दछ भन्दै टिप्पणी गरेका छन । लिङदेनले वैकल्पिक राजनैतिक शक्तिका रुपमा उदाएको जनताले विश्वास गरेको पाटीप्रति कटाक्ष गर्दैै भाई टोलीलाई जनताले भोट दिए देश बन्छ, अनि उनीहरुले देश बनाउँलान भनेर अविश्वास व्यक्त गरेका छन । ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु हो, म उपप्रधानमन्त्री हुँदा पनि १रुपैयाको भ्रष्टाचार गरेको छैन, ‘उनले भने, ‘संसारका जुनसुकै मन्दिरमा पनि छिर्छु ।’

देश बिग्रीनुमा नेता मात्रै होईन व्यवस्थामा पनि समस्या रहेको औल्याउँदै उनले अदालतदेखि अख्तियारमा आफैले नियुक्त गरेका मान्छेले नेतामाथि कार्बाही गर्न नसक्ने जिकिर गरेका छन । लिङदेनले विगतमा राजाले दलहरुमाथि र अहिले दलहरुले राजावादी निषेधको राजनीति गरिरहेको भन्दै यसबाट मुलुकले निकास नपाउने दावि गरेका छन । देशका लागि राप्रपालाई मत माग्न आफु कञ्चनपुर आएकाले अहिले सहयोगको अपिल गरेका छन । कार्यक्रममा राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्द, प्रदेश अध्यक्ष धर्मराज जोशी, क्षेत्र ३का उम्मेदवार पूर्ण बहादुर चन्द, खुस्बु ओली सहिका नेताहरुले सभा सम्बोधन गर्र्दै राप्रपालाई मत दिन आब्हान गरेका छन ।

ताजा समाचार

spot_img