महेन्द्रनगरको वेष्टर्न स्कुलमा २६औँ फेष्ट

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको वेष्टर्न माध्यामिक विद्यालयले फेष्टबल मनाइरहेको छ । फाल्गुन ६ र ७ गते दुई दिन हुने फेष्टबलमा विद्यालयका विद्यार्थीहरुले उत्साह साथ भाग लिएका छन् । वेष्टर्न विद्यालयले विद्यार्थीमा भएको अन्तरनिहित क्षमता, कला प्रस्तुतका लागि मंगलबार २६औँ फेष्टबल मनाएको हो । विद्यालयका प्रिन्सिपल विवेकराज कलौनीले विद्यार्थीलाई विभिन्न व्यवसायिक, समाजिक, साँस्कृतिक कला सामुहिक रुपमा प्रस्तुतीकरण गर्न लगाईएको बताए ।

प्रिन्सिपल कलौनीले नियमित कक्षामा सैद्धान्तिक पठनपाठनका साथै व्यवहारिक ज्ञानसीप, विज्ञान, कला अभिबृद्धिका लागि उक्त कार्यक्रम गरिएको बताए । वेष्टर्न माध्यामिक विद्यालयका संचालक बिर्ख बहादुर मल्लले विद्यार्थीमा भएको ज्ञानलाई फेष्टका माध्यमबाट प्रस्तुत गर्दै सक्षम नागरिक बनाउने अभ्यास समेत भएको बताए ।

उनका अनुसार सुदूरको मौलिक लोक परम्परागत कला, संस्कृति सहितका व्यवसाय अभिबृद्धिका लागि कार्यक्रम संचालन गरिएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले विद्यार्थी आफैले गरेको कृयाकलाप जिवनोपयोगी हुने बताए । आफ्ना सन्तानले गरेका कामकाजप्रति अभिभावक उत्साहित भएका छन् ।

ताजा समाचार

spot_img