कञ्चनपुर, फागुन ५ कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा नेपाली कम्युनिष्ट पाटी(नेकपा)का उम्मेदवार मान बहादुर सुनार जिताउनका लागि विभिन्न राजनैतिक दलमा आबद्ध रहेका दलित नेता कार्यकर्ता प्रवेस गरेका छन ।

दलित समुदायको जातिय राजनैतिक, समाजिक उत्थान गर्ने पाटी नेकपा भएकाले अहिले दलित समुदायकै उम्मेदवार सुनार जिताउनका लागि पाटी प्रवेस गरेको जनाएका छन । मंगलबार नेकपाको दोधाराचाँदनी नपा १० चुनावप्रसारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमालेका नेता कार्यकर्ता नेकपामा प्रवेस गरेका हुन ।

नेकपा नेता प्रताप तिरुवाले वडाको चुनाव प्रचारप्रसार उद्घाटन कार्यक्रममान नेपाली काँग्रेसबाट प्रेम ब. सुनार, तुल बहादुर सुनार, प्रेम ब. सुनार, एमालेका धन बहादुर सुनार सहित एमालेकै हर्क ब. मगरले नेकपा प्रवेस गरेको बताए ।

कार्यक्रममा नेकपा उम्मेदवार मान ब. सुनार, नेकपा नेता प्रताप तिरुवा, निरु कामी, ईन्द्र ब. रावत, भरतदत्त भट्ट, भक्त ब. सुनार, पशुराम सुनार, करुण ठगुन्ना, अंगबिर दमाई, करन सिह मगर, टेक ब. ओली, पार्वती तिरुवा सहितले स्वागत गरेका छन ।
पञ्चायतकालदेखि हाल गणतान्त्रिक कालसम्म दलित समुदायबाट ठुला दलले टिकट नदिने प्रवृतिले दलित समुदायको दोधाराचाँदनी भुगोल तथा क्षेत्र ३बाट कहिल्यै केन्द्रीय संसदमा प्रतिनिधित्व नभएकाले यस पटक मान बहादुर सुनार जिताउन क्षेत्रका दलित समुदाय जुरुक्क उठेका छन ।
अहिले दलित समुदायले मान बहादुर सुनारलार्ई साथ नदिए कहिले दिने भन्दै आवाज उठिरहेको छ ।






