कञ्चनपुर । दोधारा चाँदनीको जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण कार्य सुरु गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोज नजिक जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण कार्य अन्तिम चरणमा पुगेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । महाकाली तेस्रो परियोजना अन्तर्गत कञ्चनभोज नजिक जगबुडा नदीमा १ सय १७ मिटर फक्की तटबन्ध निमार्णले सशस्त्र प्रहरी बेस क्याम्प, कञ्चनभोज खेल मैदान संगै झण्डै ३ सय घरधुरी बाढीबाट जोगाउन उहाँले बताउनुभएको छ् ।

बिगतका दिनहरुमा जगबुडा नदीले कटानी संगै बाढीको बेला नदीको पानी ओभरफ्लो भएर बस्तीमा क्षती पुर्याउने भएको हुदा उक्त क्षेत्रमा पक्की तटबन्ध निमार्ण कार्य सुरु गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । जगबुडा नदीमा अझै धेरै स्थानमा पक्की तटबन्ध निमार्ण गर्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

चाडै जगबुडा नदीमा २ करोडको तटबन्ध निमार्णको लागी ठेक्का लगाउने कार्य तयारी भईरहेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । डायनामाईक कन्ट्रक्सन प्रालिले निमार्ण कार्यको जिम्मा लिएको कञ्चनभोज नजिक जगबुडा नदी तटबन्ध निर्माण संगै स्थानियबासीमा खुशियाली छाएको छ्

।






