दोधारा चाँदनीको कमलशा बाबा मन्दिरमा महाशिवरात्री विशेष कार्यक्रम

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा कमलशा बाबा संस्कृती संरक्षण समितिको आयोजनामा बृहत शिवरात्री मेला सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कमलशा बाबा मन्दिरमा कमलशा बाबा संस्कृती संरक्षण समितिको आयोजनामा आजबाट कलश यात्रा, भजन, नृत्य, झाँकी लगाएत बिभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्था कमलशा बाबा संस्कृती संरक्षण समितिका सदस्य मनोज भण्डारीले जानकारी दिनुभएको छ् । आज बिहानै देखि कमलशा बाबाथान मन्दिरमा दर्शन गर्ने श्रद्धालुहरुको भिड रहेको उहाँले बताउनुभयो ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको दोधारा चाँदनी नगरपालिकाको कमलशा बाबा मन्दिरमा वर्षेनी शिवरात्रीको अवसर पारेर बिभिन्न धार्मिक कार्यक्रम सञ्चालन गर्दै आएको कमलशा बाबा संस्कृती संरक्षण समितिका सदस्य मनोज भण्डारीले बताउनुभएको छ् । रात्रीको समयमा भजन किर्तन, भण्डारा, धार्मिक कार्यक्रम विशेष गरि रुद्री पाठ, महादीप प्रज्वलन तथा भगवान शिवको विधिवत पूजाआजा गरिने मनोज भण्डारीले बताउनुभएको छ् ।

रात्रीको समयमा नृत्य कार्यक्रममा भारतिय कलाकारको समेत उपस्थिती रहने उहाँको भनाई छ् । आफुले माँगेको कुरा कमलशा बाबाले पुरा गरिदिने भएको कारण पुजाआजा गर्ने श्रद्धालुहरुको भिड लाग्ने स्थानियबाससीहरुको भनाई छ् । हरेक वर्ष शिवरात्रीका दिन मन्दिरमा ठूलो संख्यामा तीर्थालुहरु पूजा, दर्शन तथा धार्मिक अनुष्ठानका लागि आउने गरेका छन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन प्रवद्र्धन संग जोड्न पनि शिवरात्री मेलाले महत्वपूर्ण भूमिका खेल्दै आएको एकथरीको भनाई रहेको छ् ।

ताजा समाचार

spot_img