कञ्चनपुर : दुई दशकपछि कञ्चनपुरको महेन्द्रनगरमा राजा महेन्द्रको सालिक पुर्नस्थापना गरिएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा राजा महेन्द्रको सालिक पुर्नस्थापना गरिएको हो । ०६२/०६३को दोस्रो जनआन्दोलनका क्रममा भत्काएको राजाको सालिक दुई दशकपछी पुर्नस्थापना गरिएको छ ।

शिवरात्रीका दिन राती स्थानीय युवा शिशिर थापा नेतृत्वमा राजाको सालिक पुर्नस्थापना गरिएको हो । एक सन्त बाबाले सालिक अनावरण गरेका थिए । थापा नेतृत्वमा १६माघदेखि सालिक पुर्नस्थापनाका लागि तयारी गर्दै आएका थिए । शिवरात्रीकै दिन बिहान ११बजेतिर राख्ने भनिएपनि राती नै राखिएको छ ।

थापाले ईतिहास सरक्षणका लागि राखेको बताए । राजावादी निकट अभियन्ता कृष्णानन्द भट्टले महेन्द्रकै सालिक भएको स्थानमा महेन्द्र बाहेक माओ, लेलिनको राख्न मिन्छ भन्दै प्रशन गरेका छन । २० बर्षपछि सालिक पुर्नस्थापना भएसंगै त्यसको सरक्षण, सम्र्बद्धनमा जोड दिईएको छ । यस अघि राप्रपा सहितका दलहरुले उक्त स्थानमा संविधान चोक निर्माणदेखि गणतान्त्रिक स्मारक बनाउने योजना अघि सारेका थिए ।

त्यसपछि ०७८सालमा राप्रपा कञ्चनपुरले सालिक राख्न खोजिएपछि अवरोध भएको थियो । अहिले निर्वाचनदेखि शिवरात्रीकै बेला सालिक राखिएको छ । कतिपयले महेन्द्र राजाले गरेको योगदानदेखि ईतिहासको सरक्षण गर्नुपर्ने जोडदिदै आएका छन ।






