दोधारा चाँदनीका १० वटै वडामा राप्रपाले खोल्यो निर्वाचन सम्पर्क कार्यालय

पप्पु गुरुङ्ग, दोधारा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको दशै वटा वडाहरुमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टीकाको तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार पुर्ण बहादुर चन्दले दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ देखि १० वडाहरुमा निर्वाचन सम्पर्क कार्यालयको उद्धघाटन गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्री हेलन श्रेष्ठले जानकारी दिनुभएको छ् ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने दोधारा चाँदनी नगरपालिकाको दशै वटा वडाहरुमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरि निर्वाचन गतिविधी सञ्चालन गरिने उहाँले बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा बलियो जनआधार रहेको हुदा जित सुनिश्चित रहेको बताउदै अन्य दलहरुको कामले देश बिषम परिस्थितीमा रहेको हुदा देश र जनताको एक मात्रै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको नेत्री हेलन श्रेष्ठले बताउनुभएको छ् ।

अन्य दलको कारण देश अहिले बिदेशीहरुको कठपुतली बन्दै गएको अवस्थामा देशलाई जोगाउन राप्रपालाई बिजय गराउन सबै मतदाताहरुमा नेत्री श्रेष्ठले अपिल गर्नुभएको छ् । उहाँले कञ्चनपुर क्षेत्र नं. ३ मा प्रतिनिधी सदस्य पदका उम्मेदवार पुर्ण बहादुर चन्दलाई बहुमतले बिजय गराउन समेत सबै मतदाताहरुलाई अनुरोध गर्नुभएको छ् ।

राप्रपाले आफ्नो उम्मेदवार पुर्ण बहादुर चन्दलाई बहुमतले बिजय गराउन एक साता देखि मतदाताहरु संग भेट गर्ने, संगठन बिसतार गर्ने कार्यक्रम अघि बढाउदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनी नगर कार्य समितिले जनाएको छ् ।

ताजा समाचार

spot_img