निर्वाचनको तयारी : दोधारा चाँदनीमा निर्वाचन प्रहरीलाई तालिम दिईदै

दोधारा । आसन्न प्रतिनिधी सभा निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित, भय रहित र व्यवस्थित बनाउन कञ्चनपुरको दोधारा चाँदनीमा निर्वाचन सुरक्षा प्रहरीको तालिम सुरु गरिएको छ् । कञ्चनपुरको लागी छनौट भएका मध्ये १ सय ६४ जना निर्वाचन प्रहरीका लागि दोधारा चाँदनी नगरपालिका स्थित ईलाका प्रहरी कार्यालयमा निर्वाचन सुरक्षा प्रहरीको तालिम सञ्चालन गरिएको ईलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक कृष्ण सोनी जानकारी दिनुभएको छ् ।

छनौट भएका निर्वाचन प्रहरीलाई १० दिन सम्म आधारभूत सुरक्षा, भीड नियन्त्रण, मतदान केन्द्र सुरक्षा, आपतकालीन प्रतिकार्य र निर्वाचन आचार संहिता सम्बन्धी व्यवहारिक अभ्यास सहितको तालिम दिन लागिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक कृष्ण सोनीले बताउनुभयो ।

तालिम अवधिमा मतदानस्थलको सुरक्षा व्यवस्थापन, शंकास्पद गतिविधि पहिचान, मतदाता तथा कर्मचारीको सुरक्षामा कसरी खटिने भन्ने विषयमा विशेष अभ्यास गराइने उहाँले बताउनुभयो । तालिम पूरा गरेपछि उनीहरुलाई जिल्लाका विभिन्न मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा परिचालन गरिने बताईएको छ् ।

कञ्चनपुर जिल्लामा नेपाल प्रहरी तर्फ २ हजार ३५ जना र सशस्त्र प्रहरी बल, नेपाल तर्फ २ सय ९२ जना निर्वाचन प्रहरी छनौट भई बिभिन्न स्थानमा तालिम सुरु गरिएको नेपाल प्रहरीले जनाएको छ् ।

ताजा समाचार

spot_img