एन्फा यू-१४ सुदूरपश्चिम प्रदेश स्तरिय फुटवल हुने ,कञ्चनपुर र कैलाली भिड्ने

कञ्चनपुर: सुदूरपश्चिम प्रदेश स्तरीय एन्फा यू-१४ फुटबल प्रतियोगिता हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार सिसनिमा ज्यान गुमाएका खेलाडीको स्मृतिमा विद्यालय स्तरीय एन्फा यू-१४ छात्रा/छात्र फुटबल प्रतियोगिता -२०८२ प्रतियोगिता हुने सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशिराम बोहराले बताउनु भएको हो।

उनका अनुसार, सुदूरपश्चिम प्रदेश स्तरीय उमेर समूह अन्तर्गत कैलाली र कञ्चनपुरका छात्रा/ छात्र च्याम्पियन टिम प्रतियोगितामा सहभागिता हुनेछन्।

पहिलो खेल छात्रातर्फ दुर्गा भवानी माध्यमिक विद्यालय कैलाली र जीवन ज्योति माध्यमिक विद्यालय कञ्चनपुर बिच दिउँसो १ बजे र छात्रतर्फ सत्यवती एकेडेमी कैलाली बीच दिउँसो ३ बजे माघ २२ गते गोदावरी नगरपालिका-०८ स्याउले खेलमैदान कैलालीमा आयोजना हुनेछ।

समापन खेल २०८२ माघ २४ गते सिद्धार्थ युवा क्लबको खेलमैदान पुनर्वास नगरपालिका- ७ कञ्चनपुर हुने छ।
पहिलो खेल छात्रातर्फ दुर्गा भवानी माध्यमिक विद्यालय कैलाली र जीवन ज्योति माध्यमिक विद्यालय कञ्चनपुर बिच दिउँसो १ बजे र छात्रतर्फ सत्यवती एकेडेमी कैलाली बीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुने छ।

ताजा समाचार

spot_img