माछापुच्छे बैंकद्वारा बडैपुरको सिद्धनाथ माविका विद्यार्थीलाई न्यानो स्वीटर

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १३बडैपुरको सिद्धनाथ माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरिएको छ । माछापुच्छे बैंकद्वारा बडैपुर स्थित सिद्धनाथ माविका जेहेन्दार, विपन्न विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेशदत्त भट्टले बैंकले मंगलबार जेहेन्दार, विपन्न विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेको बताए । अध्यक्ष भट्टका अनुसार विद्यालयबाट बैंकमा माग गरे अनुरुप ६५थान बैकले सहयोग गरेको छ ।

अध्यक्ष भट्टले सबै निकायसंग सहकार्य गरेर विद्यालयको प्रगति भइ रहेको बताए । कार्यक्रममा भीनपा १३का वडाध्यक्ष राम बोहराले आदिवासी जनजाति र विपन्न दलित समुदायका अधिकांश विद्यार्थी अध्ययनरत विद्यालयमा सहयोग गरेकोमा धन्यवाद दिएका छन । माछापुच्छे बैंकका प्रदेश प्रमुख लामिछानेले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले अनुरोध गरेपछि स्वीटर वितरण गरेको बताए । उनले उक्त कार्यले विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा टेवा पुग्ने विश्वास सहित आगामी दिनहरुमा पनि सामाजिक क्षेत्रमा बैंक परिवारको योगदान रहने बताए । विद्यालयका प्रधानाध्यापक जनकबहादुर चन्दले विद्यार्थीलाई केही राहत पुगेको बताउँदै माछापुच्छ्रे बैंकको सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका छन ।

स्वीटर पाएका विद्यार्थीहरुले समेत विद्यालय सहित बंैंकप्रति खुसी व्यक्त गरेका छन । वितरण कार्यक्रममा माछापुच्छ्रे बैंक सुदुरपश्चिम प्रदेश कार्यालयका प्रदेश प्रमुख विश्नु प्रसाद लामिछाने, भीमदत्त न.पा १३ का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास),प्रदेश अधिकृत सुवास सुवेदी,महेन्द्रनगर शाखा प्रबन्धक मान बहादुर साउद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेशदत्त भट्ट, प्रअ जनक बहादुर चन्द, शिक्षक अभिभावक संघका सदस्य दामोदर धामी, झोलुङ्गेप्रहरी इन्चार्ज नवराज भट्ट सहित शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img