विपद् जोखिम न्यूनीकरणमा उदाहरणीय कार्य गरेबापत दोधारा चाँदनीका मेयर लिम्बु सम्मानित

दोधारा । विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट तथा नमुना कार्य गरेबापत दोधाराचाँदनी नगरपालिका नगद राशिसहित सम्मानित भएको छ। देशभरिका स्थानीय तहहरूमध्ये विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र सूचनाप्रणालीको विकासमा उल्लेखनीय योगदान दिएको आधारमा दोधाराचाँदनी नगरपालिका सम्मानका लागि एकमात्र नगरपालिका रूपमा छनोट भएको हो।

भारी वर्षाको समयमा विद्युत् अवरुद्ध भई मोबाइल नेटवर्कले काम नगर्ने अवस्थालाई मध्यनजर गर्दै सूचना तथा सञ्चारका लागि ओके–टके (ह्यान्डसेट) को व्यवस्था गरिएको छ। साथै, बाढी–डुबानका बेला तत्काल उद्धार गर्न नसकिने जोखिमयुक्त बस्तीहरूमा सुरक्षित बसोबासका लागि ठूला सेफ हाउसहरूको निर्माण गरिएको छ।

महाकाली र जोगबुढा नदीमा पानीको बहाव (भोलुम) नाप्ने यन्त्र जडान गर्नुका साथै, जल तथा मौसम विज्ञान विभागबाट दोधाराचाँदनीका लागि छुट्टै वर्षा सूचना तथा बुलेटिन जारी हुने व्यवस्था मिलाइएको छ। यसैगरी, वर्षा र बाढी–डुबानसम्बन्धी सूचना सिधै मोबाइलमा सन्देश तथा कलमार्फत व्यक्ति–व्यक्तिसम्म पुग्ने प्रणाली विकास गरिएको छ।

उक्त कार्यक्रमका विषयमा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बुलाई नगद सहित सम्मान गरिएको हो। कार्यक्रममा बोल्दै नगरप्रमुख लिम्बुले  दोधरा चाँदनी नगरपालिका विपद जोखिममा उत्कृष्ट काम गरेको भन्दै सम्मानित  हुँदा यी सबै पहल र उपलब्धिको मूल्याङ्कनका आधारमा आज   खुशी लागेको र आगामी दिनमा अझ प्रभावकारी काम गरेर देखाउने जिम्मेवा थपिएको अनुभूति भएको नगरपालिकाले जनाएको छ। सम्मान ग्रहण गर्दै नगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा समन्वय र सहकार्य गर्दै आएका सबै विकास साझेदार संघ–संस्थाप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।

ताजा समाचार

spot_img