दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सञ्चालन भईरहेको सुख्खा बन्दरगाह निमार्ण कार्य सुस्त गतीमा अघि बढेको छ् । नेपाल सरकारको महत्वकांक्षी परियोजना सुख्खा बन्दरगाहको निमार्ण कार्य सुस्त गतीमा संचालन भईरहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । भारतिय निमार्ण कम्पनी कम्ट कन्ट्रक्सन प्रालिले सुख्खा बन्दरगाह निमार्णको एकिकृत जाँच चौकी लगाएत निमार्ण कार्यमा कछुवा गतीमा निमार्ण कार्य अघि बढाएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण संगै पश्चिमी नाका सञ्चालनमा आएपछि यस क्षेत्रको व्यापार विस्तारको ढोका खुल्ने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

नेपाल सरकारले अन्यन्त्र योजना भन्दा दोधारा चाँदनी नगरपालिकामा निमार्ण कार्य सञ्चालन रहेको सुख्खा बन्दरगाह ध्यान दिनुपर्ने बताउनुभयो । स्थानिय सरकारलाई नेपाल सरकारले सुख्खा बन्दरगाह निमार्णको खासै जानकारी नगराएको भएतापनि आफुहरुले बेला बेला निमार्ण कार्यको अनुगमन, निमार्ण कम्पनी संग भेट गर्दै आएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

सुस्तरुपमा सञ्चालन कार्यलाई तकारुकताका साथ अघि बढाउन नेपाल सरकारले पहल थाल्नु पर्ने उहाँको भनाई छ् । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकार बिच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भए अनुसार भारतीय पक्षले सुख्खा बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँ लागतमा ठेक्का सम्झौता संगै निमार्ण कार्य अघि बढेको हो ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगाएतका पूर्वाधार निर्माण कार्य अघि बढाउदै आएको सुख्खा बन्दरगाह निमार्ण कम्पनी कम्ट कन्ट्रक्सन प्रालिका प्रोजेक्ट ईन्जिनियर मनिष कुमारले बताउनुभयो ।
विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनी स्थित सुख्खा बन्दरगाह निर्माण गर्ने घोषणा संगै निमार्ण कार्य अघि बढेपछि सुदूरपश्चिमका व्यवसायीले तेस्रो मुलुक संग व्यापारको ढोका खुल्ने अपेक्षा गरेका हुन ।
सुक्खा बन्दरगाह निमार्ण संगै दोधारा चाँदन िनगरपालिका र भिमदत्त नगरपालिका मात्रै नभई पुरै सुदूरपश्चिम प्रदेश विकासको कोसेढुङ्गो साबित हुने अपेक्षा गरिएको छ् ।






