दोधारा चाँदनीमा वालविवाहको अवस्था बुझ्न सरोकारवालाहरु संग छलफल

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वालविवाहको अवस्था बुझ्न सरोकारवालाहरु संग छलफल सुरु गरिएको छ् । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र प्लान ईन्टरनेशनलको सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा वालविवाहको अवस्था बुझ्न सरोकारवालाहरु बिच छलफल सुरु गरिएको वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) का सामाजिक परिचालक छत्र देउवाले जानकारी दिनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ र ७ भिमदत्त नगरपालिकाको वडा नं. १ र १३ मा वालवाविवाह, चाडै विवाह र जबरजस्ती विवाह तथा जलवायु परिवर्तन बिचको अन्तर सम्बन्धको अवस्था बुझ्न सरोकारवाला बिच छलफल गरिएको पिएचआरडी नेपालका कार्यकारी निर्देशक डा. जनक थापाले बताउनुभयो । वालविवाह अन्तर्राष्ट्रिय बालअधिकारका मान्यता, सिद्धान्त र सहमतिको खिलाफ रहेको पिएचआरडी नेपालका कार्यकारी निर्देशक डा. जनक थापाले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका र भिमदत्त नगरपालिकाका जनप्रतिनिधी, बिद्यार्थी, अभिभावक, शिक्षक, समुदायमा रहेका किशोर किशोरी लगाएत संग छलफल गरि वाल विवाह अन्त्यको लागी नेपाल सरकार संग सुझाव पेस गर्ने योजना अनुरुप छलफल कार्यक्रम अघि बढाईएको डा. जनक थापाले बताउनुभयो ।

बालविवाह एउटा मौन महामारी भएको र जसले हजारौ युवाका सपना, उनीहरुका सम्भावना, सिर्जनात्मकता र बौद्धिक क्षमतालाई संकुचन गर्दै जीवन अवधीभर उनीहरुको स्वतन्त्रता, मानसिक अवस्था, आर्थिक दुष्चक्र, शारिरिक सबलता र आत्मनिर्भरतालाई मारिरहेको छलफलमा बताईएको छ् ।

 

ताजा समाचार

spot_img