पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नि:शुल्क डिजिटल मार्केटिङ तालिम सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र साक डिजिटल युनिभर्सिटी प्रालि.को सहकार्यमा दोधारा चाँदनी नगरपालिकाका युवा, युवतीहरुलाई नि:शुल्क डिजिटल मार्केटिङ तालिम सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । डिजिटल युगमा युवाहरुलाई प्रवधी संग जोड्न र उनीहरुलाई आत्मनिर्भर बनाउनु तालिमको मुख्य उद्देश्य रहेको बताउनुभएको छ् । युवाको सीप विकास र अवसर सिर्जनाका लागि आफुहरु सधैं अगाडी रहेको र डिजिटल मार्केटिङ जस्तो आधुनिक सीप सिक्न पाए युवाहरूलाई रोजगार तथा उद्यमशीलताको ढोका खुल्ने नगर प्रमुख लिम्बुले बताउनुभयो ।


डिजिटल मार्केटिङ तालिम उद्धघाटन सत्रमा बोल्दै भानु बहुमुखी क्याम्पसका सह–क्याम्पस प्रमुख गगन खड्काले नगरपालिका क्षेत्रका युवा, युवतीहरुले डिजिटल मार्केटिङ, ब्रान्ड प्रवद्र्धन, सामाजिक सञ्जाल प्रवन्धन, अनलाईन विज्ञापन जस्ता उपयोगी ज्ञान हासिल पाएकोमा खुशी ब्यक्त गर्नुभएको छ् । युवाहरुलाई डिजिटल मार्केटिङ संग जोड्नका लागि दोधारा चाँदनी नगरपालिका कार्यालयले पहिल पटक तालिम सञ्चालन भएको सह–क्याम्पस प्रमुख गगन खड्काले बताउनुभयो ।

तालिमले युवाहरुलाई रोजगारी संग जोड्न सहज हुने उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ५ मा रहेको भानु बहुमुखी क्याम्पसको सञ्चालन भएको नि:शुल्क डिजिटल मार्केटिङ तालिममा नगर क्षेत्रको ४० जना युवा, युवती सहभागी रहेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।







