पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा संग जोडिएको कुतियाकवर बस्तीमा पक्की तटबन्ध निमार्ण कार्य सुरु भए संगै बस्तीमा खुशीयाली छाएको छ् । बस्तीलाई बाढीबाट पुर्ण सुरक्षित हुने गरि पक्की तटबन्ध निमार्ण सुरु भएपछि बस्तीमा खुशीयाली छाएको स्थानियबासीहरुले बताएका छन् । जगबुडा नदी र महाकाली नदीको दोभानको बस्ती सदैव वर्षायाममा आएको बाढीले वर्षेनी ठुला धनमालको क्षती बनाउदै आएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकाको बाढीग्रस्त बस्ती भनेर चिनिने नेपाल–भारतको सिमा क्षेत्रको बस्तीलाई सुरक्षित बनाउन संघिय सरकारको बजेट अनुसार पक्की तटबन्ध निमार्ण कार्य कार्यको सुरु भएको बताउनुभएको छ् । बस्तीलाई बाढीबाट सुरक्षित बनाउन स्थानिय सरकारले बिगत लामो समय देखि पहल थालेको मेयर किशोर कुमार लिम्बुले बताउनुभयो ।


गत वर्ष नदीमा पानीको बहावको कारण निमार्ण कार्य रोकिएको कुतियाकवर पक्की तटबन्ध यस वर्ष सुरु गरिएको मेयर लिम्बुले बताउनुभएको छ् । निमार्ण पुरा भएपछि बाढीबाट बस्ती पुर्णरुपमा सुरिक्षत हुने उहाँको भनाई छ् । विसं २०७४ मा जोगबुडा नदीमा झोलुङ्गे पुल बनेपछि नेपाल संग जोडिएको कुतियाकवर बस्तीमा बर्सेनी हिउद र वर्षायाम गरि दुबै समयमा जगबुडा र महाकाली नदीले उर्वरक जग्गा कटान गर्दै आएको छ् । करिब ५० बिघा क्षेत्रफल फैलिएको बस्ती हरेक वर्ष हुने कटानले साँघुरिदै गएको अवस्थामा बस्तीलाई सुरक्षित हुने गरि निमार्ण हुन थालेको तटबन्धले बस्तीमा खुशीयाली छाएको कुतियाकवर विपद् ब्यवस्थापन समिति दोधारा चाँदनी– १० का संयोजक टेक बहादुर सुनारले बताउनुहुन्छ् ।


वर्षायामका कुतियाकवर बस्तीमा महाकाली नदी र जगबुडा नदीको भंगालो पसेर वर्षौ देखि ठुलो धनमालका क्षती बनाउदै आएको अवस्थामा बस्तीलाई सुरक्षित हुने गरि निमार्ण थालिएको पक्की तटबन्ध बस्ती क्षेत्रको लागी कोषेढुङ्गा साबित हुने भएको संयोजक टेक बहादुर सुनारको भनाई छ् । विसं २०२० मा बस्ती बसेको र उक्त समय देखि बाढीको निरन्तर कटान र डुबानकै कारण हालसम्म एक सय भन्दा बढी परिवार विस्थापित भईसकेका अर्का स्थानियबासी पुरन बहादुर सुनारले बताउनुभयो ।


वर्षायामा नजिकै रहेको महाकाली नदी र जगबुडा नदीले उर्वरक जग्गा कटानी संगै बस्ती बिस्तापित गर्न थालेको अवस्थामा महाकाली नदी र जगबुडा नदीको पानीलाई छेक्ने गरि पुर्णरुपमा तटबन्ध निमार्ण हुन थालेपछि कुतियाकवर बस्तीमा खुशीयाली छाएको पुरन बहादुर सुनारको भनाई छ् । ४२ घरधुरी रहेको कुतियाकवर बस्तीमा स्थानिय सरकारको पहलमा संघिय सरकारले झण्डै ७ सय मिटर पक्की तटबन्ध निमार्ण सुरु भएको हो ।

५ करोड १६ लाख लागतमा शंकर कन्स्ट्रक्सन निमार्ण कार्यको जिम्मा लिएको कुतियाकवर बस्ती पक्की तटबन्ध वर्षायाम सुरु हुन अगावै निमार्ण कार्य पुरा हुने बताईएको छ् ।






