कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भीमदत्तनगर नगरपालिकाका वडा नं. १०, १७ र १९ का वडा कमिटी अध्यक्षमा क्रमशः उत्तम बहादुर चन्द, रोशन बहादुर चन्द र डिगम्बर चन्द चयन भएका छन्।

वडा नं. १०

राप्रपा भीमदत्तनगर वडा नं. १० को कार्यसमिति अध्यक्षमा उत्तम बहादुर चन्द चयन भएका छन्। शनिबार भीमदत्त नगरपालिका–१० मा दान बहादुर पालको अध्यक्षतामा सम्पन्न भेलाबाट चन्द सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नवगठित अध्यक्ष चन्दले करिब २० वर्षदेखि क्रियाशील रहँदै आएको नेपाली कांग्रेसको सदस्यता परित्याग गरी राप्रपाको वडा कमिटीको जिम्मेवारी सम्हाल्दै पार्टी निर्माणमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। लामो समयदेखि समाजसेवामा अग्रसर चन्द सोही वडास्थित कलपठे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन्।
वडा कमिटीको उपाध्यक्षमा नरेन्द्र जोशी र जानको बम, कोषाध्यक्षमा पदम सिंह कुँवर चयन भएका छन्। सदस्यहरूमा कृपा नाथ, जया नाथ, दान बहादुर पाल, गणेश जोशी, मान सिंह विष्ट, मदन सिंह खत्री, ज्ञानेन्द्र जोशी, मदन सिंह धामी र जय सिंह विष्ट रहेका छन्।
वडा नं. १७
राप्रपा भीमदत्तनगर वडा नं. १७ को कार्यसमिति अध्यक्षमा रोशन बहादुर चन्द चयन भएका छन्। शनिबार भीमदत्त नगरपालिका–१७ मा चन्दकै अध्यक्षतामा सम्पन्न भेलाबाट उनी सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चन्दले वडा कमिटीको जिम्मेवारी सम्हाल्दै पार्टी संगठन विस्तार र सुदृढीकरणमा लाग्ने प्रतिबद्धता जनाए। वडा नं. १७ को उपाध्यक्षमा गोपाल धानुक, सचिवमा तर्कराज भट्ट चयन भएका छन्। सदस्यहरूमा कृष्ण ठगुन्ना, उत्तम बहादुर चन्द, टेक बहादुर ठकुराठी, डम्बर बहादुर चन्द, तुलाराज भट्ट र जीवन सिंह रहेका छन्।
वडा नं. १९
त्यसैगरी, राप्रपा भीमदत्तनगर वडा नं. १९ को कार्यसमिति अध्यक्षमा डिगम्बर चन्द चयन भएका छन्। शनिबार भीमदत्त नगरपालिका–१९ मा मान बहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भेलाबाट चन्द सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्। अध्यक्ष चन्दले वडा कमिटीको जिम्मेवारी सम्हाल्दै पार्टीलाई वडा तहबाटै मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
वडा नं. १९ को उपाध्यक्षमा सन्ध्या पाण्डे जोशी, सचिवमा लाल बहादुर चन्द र कोषाध्यक्षमा शेर बहादुर कठायत चयन भएका छन्। सदस्यहरूमा दल बहादुर विष्ट, कर्ण बहादुर विष्ट, अमृता बम, जया देवी दमाई, आशी देवी डगौरा, कमला महर, कृष्ण बहादुर चन्द, धन बहादुर चन्द, मान बहादुर चौधरी, गौरी चन्द, डम्बर विष्ट, शंकर विष्ट, दशरथ चन्द, देव बहादुर चन्द, हरिश जोशी, गणेश दत्त जोशी, रामदत्त जोशी, दीपक पाण्डे र तेज बहादुर चन्द रहेका छन्।साथै नर बहादुर शाह वरिष्ठ सल्लाहकारमा चयन भएका छन्।






