फरवार्ड माईक्रोफाईनान्सद्वारा दोधारा चाँदनीमा बिमा रकम भुक्तानी

पप्पु गुरुङ्ग, दोधारा । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था दोधारा चाँदनी शाखाले कर्जा विमा रकम भुक्तानी गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ६ धामी टोल निवासी लोकेन्द्र सुनारको मृत्यु पश्चात परिवारजनलाई कर्जा बिमा रकम हस्तान्तरण गरिएको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था दोधारा चाँदनी शाखाका शाखा प्रमुख रिसुलाल चौधरीले जानकारी दिनुभएको छ् । मृतक लोकेन्द्र सुनारको घरमा पुगेर उहाँका धर्मपत्नी सिता देबी सुनारलाई रु. १ लाख ६४ हजार ४ सय ३७ रुपिँया कर्जा बिमा रकम प्रदान गरिएको शाखाका शाखा प्रमुख रिसुलाई चौधरीले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकामा २०७४ सालमा संस्थाले शाखा स्थापना गरेको उहाँले बताउनुभयो । १ सय १२ वटा केन्द्रमा १ हजार ७ सय बढी सदस्यहरु रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वित्तीय संस्थाले गाँउ–गाँउमा गई बिपन्न समुदायमा वित्तीय सेवा दिईरहेको र ग्राहक सदस्य लक्षित सरल तरिकाले कर्जा प्रवाह गर्दै आएको फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था दोधारा चाँदनी शाखाका शाखा प्रमुख रिसुलाल चौधरीले बताउनुभएको छ् ।

कर्जा बिमा रकम हस्तान्तरण कार्यक्रममा सिता देबि सुनारले पिडाको बेलामा संस्थाले सहयोग गरेको भन्दै खुशी ब्यक्त गर्नुभएको छ् । वित्तीय संस्था हाम्रो समाज तथा जिवनको अभिन्न अंग भएको बताउदै यसले जिवनस्तर माथि उकास्न र समाजको विकास गर्न टेवा पुर्‍याएको उहाँले बताउनुभयो ।

बिमा रकम हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश सुनार, नेकपा एमालेका युवा नेता रामसिंह खड्का, लघुवित्त वित्तीय संस्थाका पदाधिकारी तथा स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

spot_img