पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीका मृगौला पिडित भुवन बिहारी पन्तको उपचारको लगाी सहयोग रकम हस्तान्रण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ निवासी वर्ष अन्ताजी ४३ का दुवै मृगौलामा समस्या देखा परेका भुवन बिहारी पन्तको उपचारको लागी सहयोग रकम हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । पन्तको उपचारमा आर्थिक अभाव देखिएको हुदा उपचारको लागी सहयोग रकम संलान गरि हस्तान्तरण गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभयो ।

संघिय राजधानी काठमाण्डौंमा रहेको एक अस्पतालमा मृगौला पिडित भुवन बिहारी पन्तको उपचार भईरहेको छ् । चिकित्सकहरुले केही दिन भित्र मृगौला प्रत्यारोपण गर्नु पर्ने सल्लाह दिएको वडाध्यक्ष रावलले बताउनुभएको छ् । वडा कार्यालय, नगरपालिकाका मेयर, उपमेयर लगाएतबाट संकलन भएको रकम रु. ८४ हजार ५ सय २५ रुपिँया मृगौला पिडित पन्तलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

उपचारमा खर्च धेरै लाग्ने भएपछि घरमा आर्थिक अवस्था कमजोर भएपछि पन्तलाई बचाउनका लागि सबैमा सहयोगको अपिल गरिएको छ् । यस अघि सामाजिक अभियन्ता तथा आफन्तहरुले सहयोग रकम संकलन गरि पन्तको उपचारमा सघाउदै आएका छन् ।

मृगौला पिडित भुवन बिहारी पन्त दोधारा चाँदनी नगरपालिकामा बिभिन्न कार्यक्रम, सभा, समारोहका कार्यक्रम सञ्चालक हुन् । उनि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा भद्र, सालिन ब्यक्तीकोरुपमा परिचित छन् ।






